• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo

सुहाङ : ८८९८, डम्बर : ६२८०, डकेन्द्र : ४६३४, मिलन : १३०५



काठमाडौं । प्रतिनिधिसभा इलाम–२ मा जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । पछिल्ले मत परिणामअनुसार उनले ८ हजार ९ सय ९८ मत प्राप्त गरेका छन् ।

नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २ सय ८० मत प्राप्त गरेका छन् ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६ सय ३४ मत प्राप्त गरी अहिलेसम्म तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ३ सय ५ मत पाएका छन् ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा शनिबार भएको मतदानमा ६९ हजार २ सय ८७ मत खसेको थियो ।
यो निर्वाचन क्षेत्रमा १२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा यो क्षेत्रबाट एमालेका सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत पाएका थिए भने प्रतिद्वन्द्वी माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनका कांग्रेस उम्मेदवार खड्काले २९ हजार ९ सय ६ मत पाएका थिए ।