१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुहाङ : ८८९८, डम्बर : ६२८०, डकेन्द्र : ४६३४, मिलन : १३०५



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा इलाम–२ मा जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । पछिल्ले मत परिणामअनुसार उनले ८ हजार ९ सय ९८ मत प्राप्त गरेका छन् ।

नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २ सय ८० मत प्राप्त गरेका छन् ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६ सय ३४ मत प्राप्त गरी अहिलेसम्म तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ३ सय ५ मत पाएका छन् ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा शनिबार भएको मतदानमा ६९ हजार २ सय ८७ मत खसेको थियो ।
यो निर्वाचन क्षेत्रमा १२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा यो क्षेत्रबाट एमालेका सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत पाएका थिए भने प्रतिद्वन्द्वी माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनका कांग्रेस उम्मेदवार खड्काले २९ हजार ९ सय ६ मत पाएका थिए ।