६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले टोटेनहमलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई उसकै घरेलु मैदानमा ३–२ गोलले पराजित गर्यो ।

‘नर्थ लण्डन डर्बी’मा खेलको १५ औं मिनेटमा टोटेनहमका पिएरे एमिले होएवर्गले आत्मघाती गोल गरेपछि खेलमा आर्सनलले अग्रता बनाएको थियो । २७ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।

यस्तै, ३८ औं मिनेटमा काई हाभेर्ट्जले गोल गरेपछि पहिलो हाफमै आर्सनलले ३–० को अग्रता बनाएको थियो । खेलको दोस्रो हाफमा टोटेनहमले २ गोल फर्कायो । ६४ औं मिनेटमा क्रिस्टियन रोमेरोले र ८७ औं मिनेटमा सन हेउंग मिनले पेनाल्टीमा गोल गरेपछि टोटेनहम खेलमा फर्किएको थियो ।

अन्तिम समयतिर पनि खेलमा दबदबा राखेपनि टोटेनहमले गोल गर्न सकेन र आर्सनल विजयी बन्यो ।

जितसँगै शीर्षस्थानको आर्सनलको ३५ खेलबाट ८० अंक छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ३३ खेलबाट ७६ अंक छ । पराजित टोटेनहा ६० अंकसहित पाँचौं स्थानमा छ ।