३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटमा दुई खेल हुँदै



अ+ अ-

काठमाडौँ । चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ बीच खेल हुनेछ । सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको छ । सुदूरपश्चिम र प्रदेश नं २ यसअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् । उक्त समूहबाट एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

यस्तै आजै मूलपानी क्रिकेट मैदानमा वाग्मती प्रदेश र लुम्बिनी प्रदेशबीच अर्को खेल हुँदैछ । वाग्मतीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । वाग्मती हालसम्म तीन खेलमै जित निकाल्दै आफ्नो समूहको शीर्षस्थानमा छ ।

आजको खेलमा लुम्बिनीलाई पराजित गरे वाग्मती सेमिफाइनल प्रवेश गर्नेछ । दुई खेलमा जित तथा एउटामा हार व्योहोरेको लुम्बिनीको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । दुवै टोलीले फराकिलो अन्तरले खेल जित्नुपर्ने अवस्था छ ।