३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटलान्टासंग एसी मिलानको हार



अ+ अ-

मिलान । इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा एसी मिलानको अग्रता शनिबार दुई अंकले खुम्चिएको छ । उसलाई एटलान्टाले सानसिरोमा ३–० ले स्तब्ध पार्‍यो । एटलान्टका लागि क्रिस्टियन रोमेरो, जोसिप इलिसिच र डुभान जापाटाले गोल गरे ।

शनिबारको अर्को खेलमा इन्टर मिलानसँग शीर्ष स्थानमा अंक बराबरी गर्ने अवसर थियो तर उसलाई पनि उडिनेजीले गोलरहित बराबरीमा रोक्यो ।

यो सिजन मिलानलाई लिगमा हराउने दोस्रो टिम बनेको एटलान्टा भने ३६ अंकसाथ चौथो स्थानमा उक्लेको छ । मिलानको ४३ अंक छ । तेस्रो स्थानमा रहेको रोमाले अर्को खेलमा स्पेजियालाई ४–३ ले पराजित गर्‍यो ।