३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलाभेसमाथी रियलको शानदार जित



अ+ अ-

म्याड्रिड । शनिबार स्पेनी ला लिगामा रियल म्याड्रिडले करिम बेन्जेमाको दुई गोलसंगै एलाभेसलाई ४–१ ले हराएको छ । स्पेनी कपबाट बाहिरिएपछि रियलले यो जित निकालेको हो ।

यो जितपछि रियल दोस्रो स्थानमा पुगेको छ । यो शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँग चार अंकको दूरी हो । एटलेटिकोले दुई खेल कम खेलेको छ । कोरोना भाइरस संक्रमण भएपछि रियल प्रशिक्षक जिनेदिन जिदान मैदानमा देखिएनन् ।

शनिबारका अन्य खेलमा सेभियाले काडिजलाई ३–० ले हराई तेस्रो स्थानमा उक्लिन सफल रह्यो । पाँचौं स्थानको भिल्लारियलले भने हुएस्कासँग गोलरहित बराबरी खेल्यो । यस्तै रियल सोसिडाड र रियल बेटिसले पनि २–२ को बराबरी खेले ।