९ भाद्र २०८३, मंगलवार
,
Latest
सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वत र बागलुङको सिमानामा प्रहरी पोष्ट स्थापना



अ+ अ-

पर्वत । बागलुङ र पर्वतको सिमानामा पहिलोपटक प्रहरी पोष्ट स्थापना गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबारदेखि अस्थायी प्रहरी पोष्ट सञ्चालनमा आएको हो । 

बढ्दो जनघनत्वसँगै हुनसक्ने गैरकानुनी गतिविधि रोकथाम गर्नका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डी करिडोरको मिलनविन्दुसमेत रहेकाले उक्त स्थानमा प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयोे । दुवैतर्फका राजमार्गमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र कालीगण्डकी नदीबाट हुनसक्ने गिट्टी, बालुवाको अवैध उत्खनन नियन्त्रण गर्न प्रहरी पोष्टले ठूलो भूमिका खेल्ने बुढाथोकीले बताउनुभयो ।

अस्थायी प्रहरी पोष्टको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले शुभारम्भ गर्नुभएको हो । उहाँले यो पोष्टबाट चौबीसै घण्टा नागरिकलाई सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ । प्रहरी प्रधान कार्यालयको कार्यविभाग प्रशासन शाखाको यही माघ ५ गते र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कार्यशाखाको माघ ६ गतेको पत्रको आदेशानुसार अस्थायी प्रहरी पोष्ट सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

कुश्मा–१ का कार्यवाहक वडाध्यक्ष वीरेन्द्र रिजालले लामो समयदेखि माग गर्दै आएको प्रहरी पोष्टको माग पूरा भएको बताउनुभयो । उहाँले दुई जिल्लाको सिमानामा हुने गैरकानुनी क्रियाकलाप र राजमार्गको सुरक्षाका लागि यसको ठूलो महत्व रहेको बताउनुभयो । 




भर्खरै