२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानी सम्मेलन सुरु (फोटो फिचरसहित)



अ+ अ-

काठमाडौं । लामो समयको गृहकार्यपछि तेस्रो लगानाी सम्मेलन आज सुरु भएको छ । काठमाडौंको होटल सोल्टीमा सुरु सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभयो ।

सम्मेलनका लागि संघ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रका गरी १ सय ५० वटा परियोजना प्रस्तुत गर्ने तयारी सरकारको छ ।

सम्मेलनमा ५५ देशका १६ यभन्दा बढी लगानीकर्ता सहभागी हुने नेपाल लगानी बोर्डले जनाएको छ । सम्मेलनमा ९ खर्ब रुपैयाँ बराबरका परियोजना प्रस्तुत गरिने भएको छ ।

सम्मेलनका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आइसकेका छन् । केही लगानीकर्ता आज आउने छन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा ६ वटा सत्र सञ्चालन हुने छन् । उर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक, पूर्वाधार तथा व्यापार, स्वास्थ्य र शिक्षालगायतका विविध क्षेत्रका परियोजना रहेको बोर्डले जनाएको छ ।

संघ, प्रदेश र स्थानीय तहका १ सय १९ र निजी क्षेत्रका ३१ परियोजना छन् । लगानी बोर्डको ५८ औं बैठकले तेस्रो लगानी सम्मेलनमा आययपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोज्नेलगायतका सरकारी तथा निजी गरी १ सय ४८ वटा परियोजनाको सूची स्वीकृत गरेको छ ।