२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले वेस्ट इन्डिज ‘ए’ सँग प्रतिस्पर्धा गर्दै



अ+ अ-

काठमाडौँ । नेपालले आज शनिबारदेखि घरेलु मैदानमा वेस्ट इन्डिजजसँग पाँच खेलको श्रृंखला खेल्दै छ । एसिसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो श्रृंखला खेल्न लागेको हो ।

नेपाल र वेस्ट इन्डिज ए बीचको खेल बजे कीर्तिपुरस्थित टियु मैदानमा मध्यान्ह सवा १२ सुरु हुनेछ ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टवान्टी–२० श्रृंखलामा ध्यान केन्द्रित रहेको बताएका छन् ।

शुक्रवार श्रृंखला अघिको पत्रकार सम्मेलनमा रोहितले प्रिमियर कपबाट सबै खेलाडी निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्पm केन्द्रित रहेको बताए ।पौडेलले ओमानमा नेपालका लागि सुखद् नरहे पनि यो श्रृंखलाबाट राम्रो तयारी गर्ने आशा व्यक्त गरेका हुन् ।

उनले विश्वकपका लागि यो टोलीबाट दुई जना खेलाडी छनोट हुने पनि उल्लेख गरे । कप्तान चेजले १५ हजार दर्शकमाझ खेल्दा रमाइलो हुने आशा व्यक्त गरेका छन् । नेपालका प्रशिक्षक मोन्टी देसाईले विश्व क्रिकेटमा ठूलो इतिहास बोकेको वेस्ट इन्डिज क्रिकेटसँगको श्रृंखलाबाट नेपालले राम्रो तयारी गर्ने आशा व्यक्त गरे । प्रशिक्षक मोन्टीले यो शृंखलाबाट खेलाडीमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरेका छन् ।

यस्तै, वेस्ट इन्डिज ‘ए’ का प्रशिक्षक फ्लोयड रेइफरले श्रृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गर्र्दै एसोसिएट राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले पनि नेपाल आएको धारणा व्यक्त गरे । उनले नेपालमा पनि प्रतिभावान खेलाडी रहेको उल्लेख गर्दै यो श्रृंखला राम्रो रहने आशा व्यक्त गरेका छन् ।