३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेप्सेमा ऐतिहासिक रेकर्ड ब्रेक : आइतबार परिसूचक ५०.२० अंकले उकालो

नेप्सेमा ऐतिहासिक रेकर्ड ब्रेक : आइतबार परिसूचक ५०.२० अंकले उकालो
अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हालसम्मकै सर्वाधिक रकमको कारोबार भएको छ । यो दिन रू. ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार बराबरको शेयर कारोबार भएको हो ।

उक्त कारोबार २०७ वटा कम्पनीको ७९ हजार ४९८ पटकको व्यापारमा भएको हो । यस अघि नेप्सेमा गत मंसिर १४ गते सर्वाधिक रू. ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको थियो  । त्यो दिनको ऐतिहासिक रेकर्ड आइतबार ब्रेक भएको हो । 

आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक पनि ५० दशमलव २० अंकले बढेर २ हजार ४२४ दशमलव ८४ विन्दुमा र ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ४७ अंक बढेर ४५२ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।

कारोबारमा आएका १२ओटा समूहमध्य व्यापारिक समूह वाहेकका सबैको परिसूचक बढेको छ । यो दिन अन्य समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । अन्य समूहको परिसूचक सर्वाधिक ५ दशमलव ६९ प्रतिशत बढेको हो । व्यापारिक समूहको परिसूचक भने २ दशमलव ४७ प्रतिशतले घटेको छ । 

त्यस्तै यो दिन जलविद्युत् समूहको २ दशमलव ७२ प्रतिशत, लघुवित्तको २ दशमलव ५६ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९३ प्रतिशत, बैंकिङको १ दशमलव २४ प्रतिशत, वित्तको १ दशमलव २२ प्रतिशत, होटलको १ दशमलव २१ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ९९ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ८६ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८१ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ३८ प्रतिशत परिसूचक बढेको छ ।

यस दिन ४ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतसम्म बढेर कारोबार भएको छ । मिथिला लघुवित्त, ग्रामिण विकास लघुवित्त, पोखरा फाइनान्स र गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेको हो । 

मिथिला लघुवित्तको प्रतिकित्ता रू. १५९ ले बढेर अन्तिम मूल्य रू. १ हजार ७४९, ग्रामिण लघुवित्तको प्रतिकित्ता रू. ७४ ले बढेर अन्तिम मूल्य रू. ८१४, पोखरा फाइनान्सको प्रतिकित्ता रू. २४ ले बढेर अन्तिम मूल्य रू. २६४ र गुराँस लाइफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ७२ ले बढेर अन्तिम मूल्य रू. ७९२ कायम भएको हो । 

यी कम्पनीसँगै अन्य ११ ओटा कम्पनीको शेयरमूल्य आइतबार ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । उच्च दोहोरो अंकले बढेको बजारमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले घटेको छ । यस बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ६९ ले घटेर अन्तिम मूल्य रू. ६२७ कायम भएको हो । 

यस दिन नेपाल लाइफ इन्स्योरेन्सको रू. ६६ करोड ८२ लाख ७३ हजार बराबरको शेयर कारोबार भएको छ । धितोपत्र बजारको इतिहासमै पहिलो पटक शेयर खण्डिकरणको तयारी गरेको उक्त कम्पनीको शेयर कारोबारमा सर्वाधिक हिस्साले निरन्तरता पाईरहेको छ । सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य भने यो दिन प्रतिकित्ता रू. ५९ ले घटेर अन्तिम मूल्य रू. २ हजार ८४९ कायम भएको छ ।