१२ श्रावण २०८३, मंगलवार
,
Latest
पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरौटीमा छुटेलगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले धरौटीमा रिहा भएलगत्तै दीपेश पुनलाई नियन्त्रणमा लिएको छ । सहकारी प्रकरणमा पक्राउ परेर कारागारमा रहेका पुन शुक्रबार धरौटीमा रिहा भएका थिए ।

दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । शुक्रबार धरौटी रकम बुझाएर कारागारबाट तारिखमा छुटेका पुनलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीमार्फत सिआईबीको जिम्मा लगाइएको बताइएको छ ।

वैशाख ७ गते रुपन्देही जिल्ला अदालतबाट ४ लाख रूपैयाँ धरौटीमा छोड्ने आदेश दिएपनि धरौटी रकम जम्मा नगरेकाले उनी कारागारमै थिए । दीपेश रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए ।

सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा गर्न आदेश दिएपनि सुन तस्करी प्रकरणमा समेत नाम जोडिएकोले उनी पक्राउ परेको स्रोतले जनाएको छ ।