२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक



अ+ अ-

एजेन्सी । विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ ।

बिहीबार प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान सङ्गठन (सीएसआइआरओ) लगायत १२ अन्तर्राष्ट्रिय संस्थाहरूले प्लास्टिक प्रदूषणका लागि जिम्मेवारीको पहिलो मापन प्रदान गरेका छन् ।

चौरासी देशमा फैलिएको पाँच वर्षको प्लास्टिक फोहोर अवलोकन कार्यक्रमको तथ्याङ्कमा आधारित अनुसन्धानमा सबै ब्रान्डेड प्लास्टिक प्रदूषणको आधाभन्दा बढीका लागि ५६ कम्पनी र १३ कम्पनी प्रत्येक एक प्रतिशतभन्दा बढीका लागि जिम्मेवार रहेको पाइएको छ ।

कोका–कोला कम्पनी ब्रान्डेड प्लास्टिक प्रदूषणको सबैभन्दा ठूलो उत्पादक रहेको छ । यसले विश्वव्यापी कूल प्रदूषणमा ११ प्रतिशत योगदान गर्दछ । त्यसपछि पेप्सिको पाँच प्रतिशत, नेस्ले र फ्रान्सेली खाद्य कम्पनी डेनोन प्रत्येकको तीन प्रतिशत रहेको थियो । सबै १३ कम्पनी कम्तीमा एक प्रतिशत खाना, पेय पदार्थ वा सुर्तीजन्य उत्पादनका लागि जिम्मेवार थिए ।

“यी खोजले वातावरणमा प्लास्टिक उत्पादन समाप्त हुन्छन् भन्नेबारे नयाँ अन्तरदृष्टि प्रदान गर्दछ र एकल–उपयोग प्लास्टिकलाई सम्बोधन गर्ने समाधानहरूको महत्त्वलाई प्रकाश पार्दछ”, सिएसआइआरओका अनुसन्धानकर्ता क्याथी विलिसले भन्नुभयो, “यसले नयाँ उत्पादनहरूका लागि विश्वव्यापी माग घटाउने र पुनः प्रयोग गर्ने र मर्मत गर्ने क्षमतालाई बढाउने सुरक्षित र दिगो उत्पादन डिजाइनहरू समावेश गर्दछ ।”

समग्रमा अनुसन्धानले वातावरणमा ब्रान्डेड र गैर–ब्रान्डेड प्लास्टिक प्रदूषणको मात्रा ५०–५० मा विभाजित भएको फेला पारेको छ । विलिसले प्लास्टिक प्रदूषण पत्ता लगाउने क्षमता र जवाबदेहिता बढाउन प्याकेजिङको ब्रान्डिङमा सुधार ल्याउन अन्तर्राष्ट्रिय मापदण्डका लागि आग्रह गर्नुभयो ।