२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेको खजुरामा भलिबल प्रतियोगिता माघ २२ देखि हुँदै



अ+ अ-

बाँके । बाँकेको खजुरामा यही माघको २२–२४ सम्म योगिनी कप अन्तर क्लब पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । योगिनी युवा क्लब र रङ्गशाला नेपाल मिडिया प्रालीद्वारा संयुक्तरुपमा आयोजना हुने सो प्रतियोगितामा न्यू एभरेष्ट डिस्लरी प्रालीले सह–प्रायोजन गर्ने छ । 

क्लबका अध्यक्ष तरिन्द्र थापा र सोप्रालिका अध्यक्ष रविन्द्रमान श्रेष्ठबीच आइतबार नेपालगञ्जमा सह–प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर भयो । प्रतिभावान् खेलाडी उत्पादन गर्दै आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने  ध्येयले  प्रतियोगिता आयोजना गर्न लागेको  मिडिया प्रालीका अध्यक्ष कमल खत्रीले जानकारी दिनुभयो ।

खजुरा गाउँपालिका–२ गौघाटमा आयोजना हुने प्रतियोगितामा स्थानीय १२ क्लबले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले २१ हजार र उपविजेताले १० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ  । यसैगरी विधागतरुपमा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।