२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानले बनाए मात्र ३.६ इन्चको डिस्प्ले भएको स्मार्टफोन, हेर्नुहोस् के-के छ यसको फिचर



अ+ अ-

काठमाडौं । स्मार्ट फोन उत्पादक कम्पनीहरु बीच कति ठूलो स्मार्ट फोन बनाउने भन्ने होडबाजी चलेको छ । पछिल्लो केहि वर्षदेखि स्मार्टफोन उत्पादकहरु ठूलो screen वाला smart phone मा केन्द्रित भइरहेका छन् । तर जापानको स्मार्टफोन राकुटेनले भने दुई औंलामा नै राख्न सकिने स्मार्टफोन बनाएर सबैलाई चकित बनाएको छ ।

कम्पनीले यस फोनलाई राकुटेन मिनी नाम दिएको छ । राकुटेन मीनी स्मार्टफोनमा कम्पनीले ३.६ इन्चको डिस्प्ले दिएको छ । जसमा ७२०×१२८० पिक्सलको एचडी रेज्युलुसन दिइएको छ । यसको आकार अत्यन्तै सानो छ ।

यस फोनको डायमेशन ५३.४×१०६.२×८.६ एमएम रहेको छ जसको तौल मात्रै ७९ ग्राम मात्र छ । राकुटेन मीनी स्मार्टफोन निकै नै कम्प्याक्ट साइजको स्मार्टफोन हो ।

राकुटेन मिनी स्मार्टफोनमा कम्पनीले क्वालकम स्न्यापड्रयागन ४३९ चिप सेट लगाएको छ । यस फोनमा ३ जीबी ramp र ३२ जीबी इन्टरनल स्टोरेज रहेको छ ।रिर्पोटअनुसार यस फोनमा मेमोरी कार्डको लागी कुनै स्लट दिईएको छैन् । यस फोनमा कम्पनीले १,२५० MAH Power को battery लगाएको छ ।

राकुटेन मिनी स्मार्टफोनको मुल्यको २१ हजार ८ सय येन रहेको छ । यो फोन सेतो, रातो र कालो रंगमा उपलब्ध छ ।