३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कारोबारको दोस्रो दिन सोमबार नेप्से १६.०४ अंकले बढेर २४४०.८७ विन्दुमा बन्द

कारोबारको दोस्रो दिन सोमबार नेप्से १६.०४ अंकले बढेर २४४०.८७ विन्दुमा बन्द
अ+ अ-

काठमाडौं । सोमबार नेप्से परिसूचक १६.०४ अंक बढेर २ हजार ४४० दशमलव ८७ विन्दुमा पुगेको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने कम भएको छ । हिजो रू. ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार बराबरको शेयर कारोबार भएकोमा  आज रू. ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार बराबरको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर कारोबार भएको हो ।

यस दिन सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव २४ अंक घटेर ४५१ दशमलव ८२ विन्दुमा झरेको छ । आइतबार ५०.२० अंकले बढेर २ हजार ४२४ दशमलव ८४ विन्दुमा बन्द भएको बजार सोमबार २ हजार ४४७.०२ विन्दुदेखि खुला भएको हो । यस दिन बजार २ हजार ४५५.३३ विन्दुसम्म पुगेको थियो ।

यो कारोबार २०८ ओटा कम्पनीको ७२ हजार ७७३ पटकको व्यापारमा भएको हो । यस दिन नेप्से परिसूचक बढेपनि कारोबारमा आएका १२ ओटा समूहमध्ये पाँच ओटा समूहको मात्र परिसूचक बढेको छ भने सात ओटा समूहको परिसूचक घटेको छ । व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव १४ प्रतिशतले बढेको छ भने बैंकिङको १ दशमलव ३९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६८ प्रतिशत, अन्यको १ दशमलव ६३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४२ प्रतिशत बढेको छ । 

यस दिन होटल समूहको १ दशमलव १८ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८१ प्रतिशत, जलविद्युतको शून्य दशमलव १८ प्रतिशत, वित्तको शून्य दशमलव ५८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३ प्रतिशत, लघुवित्तको १ दशमलव २१ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ५२ प्रतिशत परिसूचक घटेको हो । सोमबारको बजारमा श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको शेयरमूल्य सर्वाधिक ६.९८ घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १८ ले घटेर अन्तिम मूल्य रू. २४० मा झरेको हो ।

सोमबार नागरिक लगानी कोषको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । कोषको शेयरमूल्य प्रतिकित्ता रू. ३७९ ले बढेर अन्तिम मूल्य रू. ४ हजार १६९ पुगेको हो । यस दिन गुराँस लघुवित्तको शेयरमूल्य ९.९५ प्रतिशत, प्रभु लाइफको ९.८७ प्रतिशत, माउण्टेन इनर्जीको ९.८१ प्रतिशत, नेशनल हाइड्रोपावरको ९.४० प्रतिशत र हिमालयन पावर पार्टनरको ९.३८ प्रतिशत शेयरमूल्य बढेको छ ।

यस दिनको कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । उक्त कम्पनीको रू. ६० करोड ३७ लाख ४० हजार बराबरको शेयर कारोबार भएको हो । कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । सोमबार कम्पनीको शेयरमूल्य स्थिर रही अन्तिम मूल्य रू. २ हजार ८४९ कायम भएको छ ।