२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारोबारको दोस्रो दिन सोमबार नेप्से १६.०४ अंकले बढेर २४४०.८७ विन्दुमा बन्द



अ+ अ-

काठमाडौं । सोमबार नेप्से परिसूचक १६.०४ अंक बढेर २ हजार ४४० दशमलव ८७ विन्दुमा पुगेको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने कम भएको छ । हिजो रू. ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार बराबरको शेयर कारोबार भएकोमा  आज रू. ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार बराबरको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर कारोबार भएको हो ।

यस दिन सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव २४ अंक घटेर ४५१ दशमलव ८२ विन्दुमा झरेको छ । आइतबार ५०.२० अंकले बढेर २ हजार ४२४ दशमलव ८४ विन्दुमा बन्द भएको बजार सोमबार २ हजार ४४७.०२ विन्दुदेखि खुला भएको हो । यस दिन बजार २ हजार ४५५.३३ विन्दुसम्म पुगेको थियो ।

यो कारोबार २०८ ओटा कम्पनीको ७२ हजार ७७३ पटकको व्यापारमा भएको हो । यस दिन नेप्से परिसूचक बढेपनि कारोबारमा आएका १२ ओटा समूहमध्ये पाँच ओटा समूहको मात्र परिसूचक बढेको छ भने सात ओटा समूहको परिसूचक घटेको छ । व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव १४ प्रतिशतले बढेको छ भने बैंकिङको १ दशमलव ३९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६८ प्रतिशत, अन्यको १ दशमलव ६३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४२ प्रतिशत बढेको छ । 

यस दिन होटल समूहको १ दशमलव १८ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८१ प्रतिशत, जलविद्युतको शून्य दशमलव १८ प्रतिशत, वित्तको शून्य दशमलव ५८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३ प्रतिशत, लघुवित्तको १ दशमलव २१ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ५२ प्रतिशत परिसूचक घटेको हो । सोमबारको बजारमा श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको शेयरमूल्य सर्वाधिक ६.९८ घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १८ ले घटेर अन्तिम मूल्य रू. २४० मा झरेको हो ।

सोमबार नागरिक लगानी कोषको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । कोषको शेयरमूल्य प्रतिकित्ता रू. ३७९ ले बढेर अन्तिम मूल्य रू. ४ हजार १६९ पुगेको हो । यस दिन गुराँस लघुवित्तको शेयरमूल्य ९.९५ प्रतिशत, प्रभु लाइफको ९.८७ प्रतिशत, माउण्टेन इनर्जीको ९.८१ प्रतिशत, नेशनल हाइड्रोपावरको ९.४० प्रतिशत र हिमालयन पावर पार्टनरको ९.३८ प्रतिशत शेयरमूल्य बढेको छ ।

यस दिनको कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । उक्त कम्पनीको रू. ६० करोड ३७ लाख ४० हजार बराबरको शेयर कारोबार भएको हो । कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । सोमबार कम्पनीको शेयरमूल्य स्थिर रही अन्तिम मूल्य रू. २ हजार ८४९ कायम भएको छ ।