२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली आज इलाम जाँदै, चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जानुहुने भएको छ ।

इलामको चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्न ओली त्यस तर्फ जान लाग्नुभएको हो । अध्यक्ष ओली अपराह्न १२ बजे जहाजबाट भद्रपुर झरेर इलाम जाने कार्यक्रम छ ।

बैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनको लागि आज एमालेले चुलाचुलीमा आयोजना गर्न लागेको अन्तिम चुनावी सभा हो । ओलीले बैशाख ६ गते इलामको मंगलबारेमा आयोजना गरिएको चुनावी सभालाई पनि सम्बोधन गर्नुभएको थियो ।

सो क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य संविधान सभा अध्यक्ष, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको स्थानमा बैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो । क्षेत्रमा एमालेका तर्फबाट सुहाङ नेम्वाङ उम्मेदवार हुनुहुन्छ । उहाँलाई माओवादी केन्द्र, नेकपा माओवादी, परिवार दल लगायतको समर्थन छ । सुहाङ सुवासका छोरा हुनुहुन्छ ।

नेकपा एमालेका नेता इलामा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सभा दिउँसो एक बजेबाट सुरु हुने जानकारी दिनुभयो । ‘हामीले १२ बजेबाट सुरु गर्ने भनेका थियौँ, अध्यक्षको जहाज केही ढिलो भएकोले एक बजेबाट कार्यक्रम सुरु हुन्छ’, बस्नेतले भन्नुभयो ।

अध्यक्ष ओली सभा सकेर आज झापा नै बस्ने कार्यक्रम छ । साँझ दमकमा भेटघाट कार्यक्रम राखिएको छ । उहाँ बिहीबार काठमाडौं फर्कने कार्यक्रम छ ।