• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

एमाले अध्यक्ष ओली आज इलाम जाँदै, चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जानुहुने भएको छ ।

इलामको चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्न ओली त्यस तर्फ जान लाग्नुभएको हो । अध्यक्ष ओली अपराह्न १२ बजे जहाजबाट भद्रपुर झरेर इलाम जाने कार्यक्रम छ ।

बैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनको लागि आज एमालेले चुलाचुलीमा आयोजना गर्न लागेको अन्तिम चुनावी सभा हो । ओलीले बैशाख ६ गते इलामको मंगलबारेमा आयोजना गरिएको चुनावी सभालाई पनि सम्बोधन गर्नुभएको थियो ।

सो क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य संविधान सभा अध्यक्ष, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको स्थानमा बैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो । क्षेत्रमा एमालेका तर्फबाट सुहाङ नेम्वाङ उम्मेदवार हुनुहुन्छ । उहाँलाई माओवादी केन्द्र, नेकपा माओवादी, परिवार दल लगायतको समर्थन छ । सुहाङ सुवासका छोरा हुनुहुन्छ ।

नेकपा एमालेका नेता इलामा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सभा दिउँसो एक बजेबाट सुरु हुने जानकारी दिनुभयो । ‘हामीले १२ बजेबाट सुरु गर्ने भनेका थियौँ, अध्यक्षको जहाज केही ढिलो भएकोले एक बजेबाट कार्यक्रम सुरु हुन्छ’, बस्नेतले भन्नुभयो ।

अध्यक्ष ओली सभा सकेर आज झापा नै बस्ने कार्यक्रम छ । साँझ दमकमा भेटघाट कार्यक्रम राखिएको छ । उहाँ बिहीबार काठमाडौं फर्कने कार्यक्रम छ ।