१३ माघ २०८१, आईतवार
,
Latest
भारतले मनायो ७६ औँ गणतन्त्र दिवस–(फोटोफिचर) रविको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी जसपाको संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा हुने विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० उद्योग समितिबाट पारित नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द सैफ अलीमाथि हमला प्रकरणः आरोपितको औंठाछाप मेल खाएन गाजालाई ‘खाली गर्ने’ ट्रम्पको योजना ‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश, मुख्य भूमिका रहने होटलको सीसीटीभी फुटेज र बिल भर्पाई झिकाउन भन्दै विनिता कठायतले दिइन् निवेदन वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलेरो गाडी र मोटरसाइकल जुध्दा झापामा तीन जनाको मृत्यु



अ+ अ-

काठमाडौं । बोलेरो गाडी र मोटरसाइकल आपसमा जुध्दा झापामा तीन जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका ८ मा भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको गाडी एक आपसमा जुध्दा तीनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि विर्तामोडको विएण्डसी अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको हो ।

प्रहरीले मृतकका आफन्तहरु अस्पताल पुगिसकेको र सनाखतको काम भइरहेको जनाएको छ ।