२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता हुँदै

दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता हुँदै
अ अ+ अ-

काठमाडौं । नेपालको राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आइपुग्नुभएका कतारका राजा शेख तमिम विन हमाद अल थानी आज पनि भेटवार्ता र छलफलमा सक्रिय हुनुहुने छ । आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता गर्ने कार्यतालिका छ ।

कतारका राजा थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ । आजै कतार र नेपालबीच विभिन्न ६ वटा परियोजनामा समझदारी गर्ने तयारी छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा आउनुभएका राजाले मंगलबार नै राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरिसक्नुभएको छ । उहाँको सम्मानमा मंगलबार साँझ रात्रिभोजको आयोजना भएको थियो । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो ।

रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो ।

राष्ट्रपतिले आयोजना गर्नुभएको रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो ।

कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएको हो । मंगलबार उहाँलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति पौडेलले अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो ।

विमानस्थलबाट कतारका अमिर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरसहितको प्रतिनिधिमण्डलबिच द्विपक्षीय भेटवार्ता भएको थियो ।