२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२० मा किन छिटो घुम्यो पृथ्वी ?



अ+ अ-

एजेन्सी । कोरोना भाइरस महामारीका कारण लकडाउनले घरमा बस्नु पर्दा समय विताउन गाह्रो भएको होला, मानौं समय रोकिएको हो कि भन्ने लागेको होला, तर गत बर्ष आंकडाले समय छिटो गुज्रेका देखाएको छ । गएको बर्ष वास्तव मै पृथ्वी आफ्नो कक्षमा सामान्य भन्दा अलि छिटो घुमेको थियो । त्यसैले दिनको लम्बाई १४ घन्टा भन्दा केही कम भएको थियो । अब यसको प्रभावलाई लिएर दिन गणनालाई सच्याउनु पर्ने हो वा होइन भन्ने विषयमा चर्चा शुरु भइसकेको छ ।

यसअघि कहिले पनि नेगटिभ लिप सेकेन्डलाई समयमा जोडिएको थिएन तर सन् १९७० देखि अहिलसम्ममा २७ पटक एक सेकेन्ड बढाइएको थियो जब पृथ्वीले २४ घन्टा भन्दा धेरै समय लगाई एक चक्कर पुरा गरेको थियो । यद्यपी गत बर्ष त्यसमा कम समय लागेको छ । सन् १९६० पछि अटोमेटिक घडिहरुले दिनको लम्बाईको सटिक रिकर्ड राख्दै आएको छ ।

यसका अनुसार ५० बर्ष पृथ्वीले आफ्नो कक्षमा घुम्न २४ घन्टा भन्दा कम ८६ हजार ४ सय सेकेन्डको समय लगाएको छ । यद्यपी सन् २०२० बीचमा यो उल्टो भएको छ र अब एक दिन पुरा हुन ८६ हजार ४ सय सेकेन्ड भन्दा कम समय लागेको छ । २०२० मा दिन २४ घन्टाभन्दा करिब साढे १ मिलिसेकेन्ड कम थियो जुन अहिलेसम्मको सबैभन्दा छोटो दिन थियो । अहिले हरेक दिन आधा सेकेन्ड पहिले नै समाप्त हुने गरेको छ ।

समयमा भइरहेको यो परिवर्तनले ठूलो स्तरमा धेरै असर पार्न सक्छ । उपग्रह र सम्पर्क उपकरण सोलार टाइमको हिसाबले काम गर्छ जुन तारा, चन्द्रमा र सुर्यका स्थितिमा निर्भर गर्छ । यसलाई काम राख्न पेरिस इन्टरनेसनल अर्थ रोटेसन सर्विस पहिला लिप सेकेन्ड जोड्ने गथ्र्यो।