१५ श्रावण २०८३, शुक्रबार
,
Latest
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने सामाजिक एकता र सद्भाव कायम राख्न कास्कीका दलको अपिल ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव विधि विज्ञान प्रयोगशाला विधेयक ‘डीएनए डाटा बैंक’सम्बन्धी व्यवस्था गरिनुपर्छः डा. लेखजंग थापा विद्यमान समस्या समाधान गर्न तीन तहबीच समन्वय आवश्यकः सञ्चारमन्त्री मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु शेखरले एसियाली आइटीएफमा खेल्ने सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव
तपाईं के खोज्दै हुनुहुन्छ ?

जैसवालको शतकमा राजस्थानले मुम्बई इन्डियन्सलाई ९ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ को ३८ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । यो सिजनमा राजस्थानको सातौं जित हो । यो जितसँगै राजस्थान प्लेअफको दौडमा पुगेको छ । टोली १४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । अर्कोतर्फ, मुम्बई पाँचौं हारपछि सातौं स्थानमा झरेको छ ।

सोमबार जयपुरको सवाई मानसिंह स्टेडियममा मुम्बईले टस जितेर ब्याटिङ रोजेको थियो । टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । राजस्थानले १८.४ ओभरमा एक विकेट गुमाएर १८० रनको लक्ष्य पुरा गर्यो । खेलको प्लेयर अफ दि म्याच सन्दीप शर्मा भए । उनले ४ ओभरमा १८ रन दिएर ५ विकेट लिए ।

एमआईका लागि तिलक वर्माले ४५ बलमा ३ छक्का सहित ६५ रनको अर्धशतक खेले भने नेहल वढेरा ४९ रन बनाएर आउट भए । मोहम्मद नाबीले २३ रनको योगदान दिए । राजस्थानका सन्दीप शर्माले ५ विकेट लिए । ट्रेन्ट बोल्टले २ विकेट लिए । युजभेन्द्र चहल र आवेश खानले एक–एक विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा आरआरका ओपनर यशस्वी जैसवालले ६० बलमा अविजित १०४ रनको शतकीय इनिङ्स खेले । उनको आईपीएल करिअरमा यो दोस्रो शतक हो । उनले ९ चौका र ७ छक्का प्रहार गरे । जोस बटलरले ३५ र कप्तान सञ्जु सामसनले अविजित ३८ रनको योगदान दिए । एमआईबाट पियुष चावलाले एक मात्र विकेट लिए ।