• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ: प्रधानमन्त्री ★   मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग ★   २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँ: महेश बर्तौला ★   विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री ★   बजुरामा नुन अभाव छैन: साल्ट ट्रेडिङ ★   झापामा चट्याङ लागेर दुईको मृत्यु ★   नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु ★   बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा ★   कोपा अमेरिकाः कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल, कोलम्बियाले पाराग्वेलाई हरायो ★   कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा आज सर्वोच्चको आदेश कस्तो आउला ?

मंगलबार नेप्से परिसूचक १७.७९ अंक घटेर २ हजार ४२३ दशमलव शून्य विन्दुमा बन्द



काठमाडौं । मंगलबार नेप्से परिसूचक १७ दशमलव ७९ अंक घटेर २ हजार ४२३ दशमलव शून्य विन्दुमा पुगेको छ । मंगलबारको दिन कारोबारमा आएका २०७ ओटा कम्पनीमध्ये सबैभन्दा बढी गुँरास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । यो दिन उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५४४ पुगेको हो । दोस्रोमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ ।

सोमबार २०७ वटा कम्पनीको १ करोड ९६ लाख ६ हजार ५५५ कित्ता शेयर ६३ हजार ८१८ पटकमा रू. ८ अर्ब २७ करोड ९७ लाख १ हजार ७७ बराबरको शेयर खरीदविक्री भएको छ  ।

कम्पनीको लाभांश मंगलबारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । त्यसैगरी मंगलबारको कारोबारमा सबैभन्दा बढी शिवश्री हाइड्रोपावर कम्पनीको शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ९५ प्रतिशत कमि आएको हो  ।

कारोबारमा आएका १२ वटा समूहमध्ये होटल समूहको परिसूचक २ दशमलव ६८ प्रतिशत र वित्त समूहको परिसूचक १ दशमलव १२ प्रतिशत वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी ब्यापार समूहको परिसूचक ३ दशमलव १ प्रतिशतले घटेको छ ।

विभिन्न कम्पनीहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने क्रम जारी छ । राम्रो वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीको शेयर मूल्यमा केहिदिन यता वृद्धि भइरहेको छ । 

यस दिन सर्वाधिक कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको हो । उक्त कम्पनीको रू. १ अर्ब ४५ करोड ७ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ । कम्पनीको ५१ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको थियो । सोही कारणले कम्पनीको शेयर सर्वाधिक खरीदविक्री भएको हो ।