२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

मंगलबार नेप्से परिसूचक १७.७९ अंक घटेर २ हजार ४२३ दशमलव शून्य विन्दुमा बन्द

मंगलबार नेप्से परिसूचक १७.७९ अंक घटेर २ हजार ४२३ दशमलव शून्य विन्दुमा बन्द
अ अ+ अ-

काठमाडौं । मंगलबार नेप्से परिसूचक १७ दशमलव ७९ अंक घटेर २ हजार ४२३ दशमलव शून्य विन्दुमा पुगेको छ । मंगलबारको दिन कारोबारमा आएका २०७ ओटा कम्पनीमध्ये सबैभन्दा बढी गुँरास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । यो दिन उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५४४ पुगेको हो । दोस्रोमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ ।

सोमबार २०७ वटा कम्पनीको १ करोड ९६ लाख ६ हजार ५५५ कित्ता शेयर ६३ हजार ८१८ पटकमा रू. ८ अर्ब २७ करोड ९७ लाख १ हजार ७७ बराबरको शेयर खरीदविक्री भएको छ  ।

कम्पनीको लाभांश मंगलबारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । त्यसैगरी मंगलबारको कारोबारमा सबैभन्दा बढी शिवश्री हाइड्रोपावर कम्पनीको शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ९५ प्रतिशत कमि आएको हो  ।

कारोबारमा आएका १२ वटा समूहमध्ये होटल समूहको परिसूचक २ दशमलव ६८ प्रतिशत र वित्त समूहको परिसूचक १ दशमलव १२ प्रतिशत वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी ब्यापार समूहको परिसूचक ३ दशमलव १ प्रतिशतले घटेको छ ।

विभिन्न कम्पनीहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने क्रम जारी छ । राम्रो वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीको शेयर मूल्यमा केहिदिन यता वृद्धि भइरहेको छ । 

यस दिन सर्वाधिक कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको हो । उक्त कम्पनीको रू. १ अर्ब ४५ करोड ७ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ । कम्पनीको ५१ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको थियो । सोही कारणले कम्पनीको शेयर सर्वाधिक खरीदविक्री भएको हो ।