१२ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरबाराहीको भेटीघाटी पारदर्शी बनाइँदै



अ+ अ-

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिरको भेटीघाटी तथा दान सार्वजनिक गर्न थालिएको छ ।

मन्दिरमा चढाइएको भेटी तथा दानको हिसाब सार्वजनिक गर्नुपर्ने भन्दै नागरिकस्तरबाट आवाज उठ्न थालेपछि मन्दिर व्यवस्थापन समितिको सक्रियतामा भेटी तथा दानको हिसाब सार्वजनिक गर्न सुरू गरिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो ।

अहिले भक्तजनबाट प्राप्त भेटी तथा दानको रसिद जारी गर्ने र नियमितरूपमा सार्वजनिक गर्ने काम भइरहेको पण्डितले बताउनुभयो । “दानको रसिद दिने र आम्दानी सार्वजनिक गर्ने कार्यले पारदर्शिता बढ्ने आशा गरेका छौँ । यस कार्यले भेटी र दान प्राप्त हुने दरसमेत बढेको छ । गत चैतमा मात्रै रु तीन लाख भेटी सङ्कलन भएको छ”, नगरप्रमुख पण्डितले भन्नुभयो ।

ढोरबाराही मन्दिर जङ्गलको बीच भागमा अवस्थित छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेका माछाले यहाँ पुग्ने भक्तजनलाई लोभ्याउने गरेका छन् । सो पोखरीमा बेलाबेला लहरी छुट्ने गरेकामा यसलाई धार्मिक शक्तिसँग जोड्ने गरिएको छ ।

हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको यस मन्दिरमा विसं १९०४ देखि चढाइएका घण्टहरूसमेत रहेका छन् । यहाँ नयाँ वर्षको दिन र वैशाख महिनाभर, बडादसैँ, चैतेदसैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँदयाममा विशेष पूजाअर्चना हुने गरेको छ ।

मनोकाङ्क्षा पूरा हुने जनविश्वासकासाथ यस मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासीलगायत विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । नगरपालिकाले रु ३१ लाख चार हजार नौ सय ४० को लागतमा ढोरबाराही मन्दिरसम्म पुग्ने बाटो स्तरोन्नति गरेपछि भक्तजनहरूलाई यहाँ आउन सहज भएको छ ।