• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा ★   सिधाकुरा प्रकरण: रामेश्वर, कैलाश सहित अन्यलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन ★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई ★   आगोले जलेर आमाछोराको मृत्यु ★   जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता ★   ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता ★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली

आईपीएलमा यो सिजन सबैभन्दा लामो छक्का प्रहार गर्ने पाँच खेलाडी



एजेन्सी । १७ औं संस्करणको आईपीएलमा धेरै रन बनेका छन् । फ्यानहरु प्रायः चौका र छक्का हेर्नको लागि आईपीएल हेर्न चाहन्छन् । आईपीएलको यो सिजनमा पनि भारी रन र छक्काको वर्षा भइरहेको छ । लामो छक्का प्रहार गरेर कीर्तिमान बनाउन खेलाडीहरु रोकिएका छैनन् । आईपीएल २०२४ मा हालसम्म १०८, १०६ र १०३ मिटर लामो छक्का शीर्ष पाँचमा परेका छन् ।

दिनेश कार्तिक
१. दिनेश कार्तिक सबैभन्दा लामो छक्का प्रहार गर्ने सूचीमा पहिलो नम्बरमा छन् । चिन्नास्वामी स्टेडियममा सनराइजर्स हैदराबादविरुद्ध खेलिएको आईपीएल २०२४ को ३०औं खेलमा उनले यो उपलब्धि गरेका हुन् । यस खेलमा दिनेशले १०८ मिटर लामो छक्का प्रहार गरेका थिए । यो उच्च स्कोरिङ खेल थियो, जसमा कार्तिकले ३५ बलमा ८३ रन बनाएका थिए । जसमा ७ छक्का र ५ चौका सामेल थिए ।

२. हेनरिक क्लासेन
सबैभन्दा लामो छक्का प्रहार गर्ने यो सूचीमा हेनरिक क्लासेन दोस्रो स्थानमा छन् । उनले चिन्नास्वामी स्टेडियममा आरसीबीविरुद्ध खेलिएको आईपीएल २०२४ को ३० औं खेलमा १०६ मिटर लामो छक्का प्रहार गरेका थिए । यस खेलमा क्लासेनले ३१ बलमा ६७ रन बनाएका थिए । जसमा ७ छक्का र २ चौका सामेल थिए ।

३. निकोलस पूरन
सबैभन्दा लामो छक्का प्रहार गर्ने यो सूचीमा निकोलस पूरन तेस्रो स्थानमा छन् । उनले आईपीएल २०२४ को १५ औं खेलमा आरसीबीविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् । पुरनले १०६ मिटर लामो छक्का प्रहार गरेका थिए । यो खेलमा निकोलस पुरनले २१ बलमा ५ छक्का र १ चौका सहित ४० रन बनाए ।

४. वेंकटेश अय्यर
वेंकटेश अय्यर यस सूचीमा चौथो नम्बरमा छन् । उनले आईपीएल २०२४ को १० औं खेलमा आरसीबीविरुद्ध १०६ मिटर लामो छक्का प्रहार गरेका थिए । यो खेल पनि चिन्नास्वामी रंगशालामा खेलिएको थियो । उक्त खेलमा भेंकटेशले ३० बलमा ४ छक्का र ३ चौका सहित ५० रन बनाएका थिए ।

५. इशान किशन
इशान किशन सबैभन्दा लामो छक्का प्रहार गर्ने सूचीमा पाँचौं स्थानमा छन् । इशानले हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा एसआरएचविरुद्ध १०३ मिटर लामो छक्का प्रहार गरेका थिए । उक्त खेलमा इशान किशनले १३ बलमा ४ छक्का र २ चौका सहित ३४ रन बनाएका थिए ।