७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारका राजा भोलि नेपाल आउँदै, के–के हुँदैछ सम्झौता ?



अ+ अ-

काठमाडौं । कतारका अमिर (राजा) सेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउने हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा नेपाल आउन लाग्नुभएको हो । कतारका राजाको यो पहिलो भ्रमण हो ।

परराष्ट्र मन्त्रालयले दुई दिनको राजकीय भ्रमणका लागि कतारका राजा नेपाल आउन लाग्नुभएको जनाएको छ । नेपालमा रहँदा उहाँले राष्ट्रपति पौडेलसँग शीतल निवासमा द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची छ । सोही अवसरमा राष्ट्रपति पौडेलले कतारका राजाको सम्मानमा राजकीय भोजको आयोजना गर्नुहुने भएको छ ।

राजा सेख तमिमले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा संयुक्त रूपमा सहभागी हुनु हुने मन्त्रालयले जनाएको छ । उहाँ बुधबार राति नै नेपालबाट स्वदेश फर्कनु हुने कार्यक्रम छ ।

कतार न्यूज एजेन्सीले एसियाली मुलुकको भ्रमणमा निस्केका राजाले सम्बन्धित मुलुकका नेता तथा वरिष्ठ पदाधिकारीहरुसँग सहकार्य अभिवृद्धि गर्ने तथा विभिन्न क्षेत्रमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने उल्लेख गरेको छ ।

तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उडेका राजा बंगलादेश हुँदे नेपाल आउन लाग्नुभएको हो ।

यो भ्रमणले नेपाल र कतारबीच रणनीतिक विकास साझेदारका रुपमा विकास गर्न सहयाेग पुग्छ । नेपालको पर्यटन, जलविद्युत् स्वास्थ्य, शिक्षा, खेलकुद, श्रम, संस्कृतिलगायतका क्षेत्रमा दिपक्षीय समझदारी गर्ने गरी तयारी भइरहेको छ ।