• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   वीर अस्पतालको अनुगमनमा जे देखियो… ★   सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री ★   स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर ★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग ★   पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक ★   श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल ★   गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश ★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने ★   बङ्लादेशमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान

सत्ता गठबन्धनलाई दिगो र परिणाममुखी बनाउने एमाले परिषद् बैठकको निष्कर्ष



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले वर्तमान सत्ता समीकरणलाई दिगो, परिणाममुखी र सफल बनाउने सङ्कल्प गरेको छ ।

बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलपछि तयार गरिएको निष्कर्षमा मुलुकमा स्थिरता र राष्ट्रियताको संवद्र्धनका  लागि सत्ता समीकरणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै यसका विरुद्ध हुने कुनै पनि चलखेल र षड्यन्त्र चिर्न आह्वान गरेको बैठकपछि सो पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।

उहाँले गत फागुन २१ गते निर्मित यस गठबन्धनप्रति सन्तोष व्यक्त गर्दै गठबन्धनमा संलग्न पाँच दलले जारी गरेको साझा न्यूनतम् कार्यक्रमलाई अघि बढाउन जोड दिएको बताउनुभयो ।

बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल भएको थियो ।