१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न

संघीय संसद सचिवालयको आवश्यकता सम्बोधन हुनेगरी बजेटको व्यवस्था हुन्छ: अर्थमन्त्री पुन

संघीय संसद सचिवालयको आवश्यकता सम्बोधन हुनेगरी बजेटको व्यवस्था हुन्छ: अर्थमन्त्री पुन
अ अ+ अ-

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा संघीय संसद सचिवालयलाई प्राथमिकता दिने बताउनुभएको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतले बुधवार सिंहदरबारमा आयोजना गर्नुभएको बजेटसम्बन्धि छलफलमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

बैठकमा सभामुख घिमिरेले संघीय संसद सचिवालयको कामकारबाहीलाई प्रभावकारी बनाउन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । त्यसको जवाफमा अर्थमन्त्री पुनले संघीय संसद सचिवालयको आवश्यकतालाई सम्बोधन हुने गरी प्राथमिकताका साथ आगामी आर्थिक वर्षको बजेट आउने प्रतिवद्धता व्यक्त गर्नुभएको बैठकमा सहभागी प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिनुभयो ।

सो असरमा संघीय संसद सचिवालयका अधिकारीहरुले सवारी साधन समेत काम नलाग्ने अवस्थामा पुगेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा नयाँ सवारी साधन खरिद हुनेगरी बजेटको व्यवस्था गर्न पनि अर्थमन्त्री पुनसँग अनुरोध गरेका थिए । सभापति खानले संसदीय समितिका सांसदहरु र कर्मचारीहरुले संघीय संसद सचिवालयको कामलाई प्रभावकारी हुनेगरी बजेटको व्यवस्था गर्न अर्थमन्त्री पुनको ध्यानाकर्षण गराउनु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अर्थतन्त्रको कुरा छ । सिलिङको विषयमा अर्थ मन्त्रालयले के कसरी गरिराखेको छ ? त्यो विषय आज छलफल भयो । र, यसमा सम्माननीय सभामुखज्युले पनि, कर्मचारी साथीहरुले र सभापतिज्युहरुले पनि यो संघीय संसद सचिवालयलाई कसरी चुस्तदुरुस्त बनाउन सकिन्छ, यसमा बजेटको अभाव हुन नदिन के गर्न सकिन्छ ? हामीले पठाएको सिलिङ कुन प्रकारको बजेटमा आउँदैछ ? भन्ने कुराहरु राख्नुभयो । यो भित्र भएका जति पनि शाखाहरु छन् । ती शाखाहरुले के कारणले राम्रो काम गर्न सकिरहेका छैनन ? सवारी साधनहरु धेरै पुराना भए । तिनलाई कसरी मर्मत सम्हार गर्ने र नयाँ कसरी किन्ने ? यो विषयमा कर्मचारी साथीहरुबाट पनि र हाम्रा माननीयजीहरुबाट कुरा उठयो । त्यसमा माननीय अर्थमन्त्रीज्युले आउने बजेटमा चाहीँ यो कुरालाई हामी सम्बोधन गर्छौै । र, सकभर संघीय संसद सचिवालयको बजेटको जुन सिलिङ छ । यो सिलिङलाई एकदम प्राथमिकताका साथ राखेर आउने बजेटमा यो सम्बोधन गर्छौं भन्ने कुरा उहाँले राख्नु भयो । सचिवज्यूले पनि त्यही कुरा राख्नुभयो ।’

छलफलमा प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, अर्थसचिव मधुकुमार मरासिनीलगायतका उपस्थिति रहेको थियो ।