• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद् ★   संवाहिका समाज नेपालद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक ★   काठमाडौंका मेयर बालेनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा ★   गुजरात र हैदराबादको खेल वर्षाका कारण रोकिएपछि हैदराबाद आईपीएलको प्लेअफमा ★   संसदमा जे देखियो- फोटो फिचर

जब रिंकु सिंहले आफ्नो ब्याट भाँचियो भन्दै विराट कोहलीसँग उनको ब्याट मागे



एजेन्सी । कोलकाताको इडेन गार्डेनमा कोलकाता नाइट राइडर्स (केकेआर)का ब्याट्सम्यान रिंकु सिंह र रोयल च्यालेन्जर्स बैंगलोरका ब्याट्सम्यान विराट कोहलीबीच रोचक कुराकानी भयो ।

रिंकु सिंहले कोहलीसँग अर्को ब्याट मागेका थिए । रिंकु सिंहले आईपीएलमा स्पिनरसँग खेल्दा ब्याट भाँचिएको बताए । जसकारण उनले कोहलीसँग नयाँ ब्याटको माग गरिरहेका छन् ।

केकेआरका क्यामेराम्यानले यो सम्पूर्ण घटनालाई क्यामेरामा कैद गरेका छन् । भिडियोमा रिंकु सिंहले कोहलीलाई आफूले पहिलेको ब्याट भाँचिएको बताएका छन् । रिंकु कोहलीका थप दुई ब्याट हेर्दै छन् ।

अलिकति समस्यामा परेको जस्तो देखिएका विराट रिंकुलाई सोध्छन् कि त्यो ब्याट कहाँ हरायो । के रिंकुले आफ्नो दोस्रो ब्याट मागेका हुन् ?

जवाफ दिनुअघि नै कोहलीले रिंकुलाई ठट्टा गर्दै दुई खेलमा रिंकुलाई दुईवटा ब्याट दिए भने आगामी प्रतियोगिताका खेलहरूमा समस्या आउन सक्ने बताउँछन् ।

खासमा घटना के हो ?
यो सम्पूर्ण घटना केकेआर र आरसीबीबीचको खेल अघि भएको हो । यसअघि केकेआरले आरसीबीको घरेलु मैदान एम. चिन्नास्वामी स्टेडियममा आरसीबीलाई नराम्रोसँग पराजित गरेको थियो । त्यो खेलको विशेष कुरा दुवै टोलीका खेलाडीबीचको आपसी सम्मान थियो ।

आरसीबीका ब्याट्सम्यान कोहलीले केकेआरका युवा खेलाडी रिंकु सिंहलाई आफ्नो एउटा ब्याट उपहार दिएका छन् ।