३१ भाद्र २०८३, बुधबार
,
Latest
चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मद रिजवानले टी–२० क्रिकेटमा विश्व कीर्तिमान बनाए, बाबर र कोहलीलाई पछि पारे



अ+ अ-

एजेन्सी । पाकिस्तानका विकेटकिपर/ब्याट्सम्यान मोहम्मद रिजवानले शनिबार न्यूजिल्याण्डविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा विश्व कीर्तिमान बनाएका छन् । मोहम्मद रिजवान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ३ हजार रन बनाउने ब्याट्सम्यान बनेका छन् ।

३१ वर्षीय रिजवानले रावलपिण्डीमा भएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ३४ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ४५ रनको खेल जित्ने इनिङ्स खेलेका थिए ।

पाकिस्तानले दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा १–० को अग्रता बनाएको छ ।

मोहम्मद रिजवानले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको ७९ औं इनिङमा तीन हजार रन पुरा गरेका छन् । उनले पाकिस्तानकै बाबर आजम र विराट कोहलीलाई दुई इनिङ्सको अन्तरले पछि पार्दै कीर्तिमान बनाएका हुन् । बाबर र विराट दुवैले ८१ औं इनिङ्समा तीन हजार रनको आँकडा पार गरेका थिए ।