२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मद रिजवानले टी–२० क्रिकेटमा विश्व कीर्तिमान बनाए, बाबर र कोहलीलाई पछि पारे



अ+ अ-

एजेन्सी । पाकिस्तानका विकेटकिपर/ब्याट्सम्यान मोहम्मद रिजवानले शनिबार न्यूजिल्याण्डविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा विश्व कीर्तिमान बनाएका छन् । मोहम्मद रिजवान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ३ हजार रन बनाउने ब्याट्सम्यान बनेका छन् ।

३१ वर्षीय रिजवानले रावलपिण्डीमा भएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ३४ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ४५ रनको खेल जित्ने इनिङ्स खेलेका थिए ।

पाकिस्तानले दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा १–० को अग्रता बनाएको छ ।

मोहम्मद रिजवानले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको ७९ औं इनिङमा तीन हजार रन पुरा गरेका छन् । उनले पाकिस्तानकै बाबर आजम र विराट कोहलीलाई दुई इनिङ्सको अन्तरले पछि पार्दै कीर्तिमान बनाएका हुन् । बाबर र विराट दुवैले ८१ औं इनिङ्समा तीन हजार रनको आँकडा पार गरेका थिए ।