२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

अब हैदराबादको लक्ष्य ३०० रन, दियो यस्तो चेतावनी

अब हैदराबादको लक्ष्य ३०० रन, दियो यस्तो चेतावनी
अ अ+ अ-

ऐजन्सी । सनराइजर्स हैदरावादले आईपीएल २०२४ मा अहिलेसम्म ७ खेल खेलेको छ । प्याट कमिन्सको कप्तानीमा रहेको हैदरावादले यी खेलमा तीन पटक २५० रनको आँकडा पार गरेको छ ।

हैदरावादका ब्याट्सम्यानले विपक्षी टोलीका बलरको ‘धुलाई’ गरेका छन् । इनिङ्सको सुरुदेखि नै हैदरावादका ब्याट्सम्यानले छक्का र चौका प्रहार गर्न थाले । अब टोलीले अर्को पटक ३ सय रनको अंक पार गर्न सक्ने चेतावनी दिएको छ ।

यो सिजन हैदरावादका लागि ओपनिङको जिम्मेवारी ट्राभिस हेड र अभिषेक शर्माले सम्हालिरहेका छन् । दुवै ओपनरले पहिलो बलबाट बलरलाई आक्रमण गर्न थाले । हैदराबादले हिजो शनिबार दिल्ली क्यापिटल्ससँग अरुण जेटली स्टेडियममा खेलेको थियो । खेलमा पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २६६/७ रन बनाएको थियो ।

यस अवधिमा ट्राभिस हेडले २७८.१२ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै ३२ बलमा ८९ रन बनाए । हेडको इनिङ्समा ११ चौका र ६ छक्का समावेश थियो । यसबाहेक उनका ओपनर साथी अभिषेक शर्माले १२ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ४६ रन बनाएका थिए । अब दिल्ली क्यापिटल्स विरुद्धको खेलपछि अभिषेक शर्माले भने कि आफ्नो टोलीले अर्को खेलमा ३०० रनको आँकडा पार गर्न सक्छ ।

दिल्लीविरुद्धको खेलपछि प्रश्न सोधिएको थियो, ‘अर्को खेलमा हैदरावादको ठूलो स्कोर के होला ? यसको जवाफ दिँदै अभिषेक शर्माले भने, ‘सुरुमा राखिएको नम्बर ३ राम्रो देखिन्छ ।’ यो बयानसँगै अभिषेक शर्माले हैदरावादले अंक ३ बाट सुरु हुने अर्को खेलमा यो योगफल बनाउने प्रयास गर्ने स्पष्ट पारेका छन् । अर्थात् टोलीले अर्को खेलमा ३ सय रनको आँकडा पार गर्ने प्रयास गर्नेछ ।

अब अर्को खेलमा हैदरावादले कति ठूलो फड्को मार्छ त्यो हेर्नु रोचक हुनेछ । हैदरावादको अर्को खेल २५ अप्रिल (बिहीबार) रोयल च्यालेन्जर्स बैंगलोरसँग हुनेछ ।