२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

८ भाषामा अनुवाद गर्नसक्ने स्मार्ट मास्कलाई किन रेकियो बजारमा आउन ?



अ+ अ-

एजेन्सी । कोभिड–१९ को महामारीले फेस मास्कलाई प्रत्येक दिनको आवश्यकता बनाएसँगै जापानको स्टार्टअप डोनट रोबोटिक्सले यसको अवसरको सदुपयोग गरेको छ । यो मास्क कोरोनाभाइरसबाट सुरक्षा प्रदान गर्ने मात्रै होइन संवाद पनि गर्छ र सामाजिक दुरीलाई सहजै पालना गर्न सहयोग गर्छ ।

एक एपको संयोजनमा सी–फेस मास्कले बोलीको नक्कल गर्न, प्रयोगकर्ताको आवाजलाई ठूलो पार्न र मानिसले उच्चारण गरेको शब्दलाई विभिन्न ८ भाषामा अनुवाद समेत गर्न सक्छ । अगाडिपट्टिको कटआउट स्वासप्रश्वासका लागि महत्वपूर्ण रहेको छ । यसले कोरोनाभाइरस बिरुद्धको सुरक्षाका लागि त्यती कसरत गर्नु आवश्यक छैन ।

यो एक स्तरिय फेस मास्क भएको डोनट रोबोटिक्सका सीईओ टाइसुके ओनोले बताए । सेतो प्लास्टिक र सिलिकनबाट बनाइएको यो मास्कमा माइक्रोफोन राखिएको छ । जसले मास्क लगाउनेको स्मार्टफोनमा ब्लूतुथको माध्यमबाट सम्पर्क स्थापित गर्छ ।

यो व्यवस्थाले जापानी भाषलाई चिनियाँ, कोरियन, भियतनामी, इन्डोनेसियाली, अंग्रेजी, स्पेनिस र फ्रेन्च भाषामा अनुवाद गर्छ । डोनट रोबोटिक्सले सुरुमा सिनामोन नामको रोबोटका लागि अनुवाद सफ्टवेयरको विकास गरेको थियो ।

तर, जब महामारी फैलियो उक्त रोबोटको प्रोजेक्टलाई रोकियो । इन्जिनियरहरुको टोलीले यो सफ्टवेयरलाई फेस मास्कका लागि प्रयोग गर्ने विचार गरेपछि उक्त योजनालाई रोकिएको हो ।