१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागका विद्यावारिधी तथा दर्शानाचार्य तहका शोधकर्ताहरुले सम्मान गरेका छन् ।

आज विभागमा आयोजित एक कार्यक्रममा डा केसीले नेपालमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति बिभागको प्राज्ञिक सफलतामा अतुलनिय योगदान गरेको ठहर गर्दै उक्त सम्मान गरिएको हो ।

सम्मान ग्रहण गर्दै प्रा केसीले आफुले दिइएको जिम्मेवारी इमान्दारी पुर्वक पुरा गर्ने प्रयास गरेको हुदा नयाँ जिम्मेवारी थपिएको कुरा उल्लेख गर्नु भयो । साथै, विश्वविद्यालयको समग्र उन्नयनको लागि उहाँले आफ्ना कार्ययोजनाबारे समेत प्रकाश पार्नुभयो ।

विश्वविद्यालयले अन्तर्राष्ट्रिय सहयोग निकायहरुबाट प्राप्त हुने बजेट भन्दा राष्ट्रिय बजेटमा नै अनुसन्धान गर्दा राष्ट्रिय हितको सुरक्षा र सम्बर्धन हुने भएकोले अनुसन्धानको लागि नेपाल सरकारकै बजेट बृद्दिको लागि पहल गर्ने, प्राध्यापकहरुको प्राज्ञिक क्षमता अभिवृद्धि गर्न योजना निर्माण गर्ने, शैक्षिक क्यालेन्डरको निर्माण र कार्यान्वयनमा जोड दिने, र विश्वका विभिन्न विश्वविद्यालयहरुसंगको सहकार्यलाई तिब्र रुपमा अघि बढाउन पहल गर्ने योजना रहेको कुरा बताउनुभयो ।

कार्यक्रममा विभागका फ्याकल्टी सह प्राध्यापक डा टिका राम गौतम, अर्थशास्त्री डा डिल्लीराज खनाल, शोधकर्ताहरु हरि प्रकाश चन्द (अग्निपुञ्ज), रश्मी आचार्य, शिबराम रिजाल, हेमन्त बुढाथोकी, मणि शर्मा, सुनिता बराल, र आशिष राज उपाध्यायले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सो क्रममा उहाँहरुले देशभरी नै विद्यार्थी संख्या घटेको भनि आम चिन्ता भइरहेको सन्धर्वमा पनि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति बिभागमा विद्यार्थीहरुको चाप अत्यधिक रहेको, र प्रवेश परिक्षामा उत्कृष्टता हाँशिल नगरी भर्ना नपाउने अवस्था सृजना गर्न योगदान गरे झैं त्रिभुवन विश्वविद्यालयलाई पनि विभागको जस्तै आकर्षणको केन्द्र बनाउन सफलता मिलोस भनि शुभकामना दिनुभएको थियो ।

राष्ट्रिय योजना आयोगका पुर्व सदस्य तथा पुर्व सांसद डा डिल्लीराज खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सोहि विभागका शोधकर्ता बिनोद खण्ड तिमिल्सेनाले गर्नुभएको थियो ।