२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

८ भाषामा अनुवाद गर्नसक्ने स्मार्ट मास्कलाई किन रेकियो बजारमा आउन ?



अ+ अ-

एजेन्सी । कोभिड–१९ को महामारीले फेस मास्कलाई प्रत्येक दिनको आवश्यकता बनाएसँगै जापानको स्टार्टअप डोनट रोबोटिक्सले यसको अवसरको सदुपयोग गरेको छ । यो मास्क कोरोनाभाइरसबाट सुरक्षा प्रदान गर्ने मात्रै होइन संवाद पनि गर्छ र सामाजिक दुरीलाई सहजै पालना गर्न सहयोग गर्छ ।

एक एपको संयोजनमा सी–फेस मास्कले बोलीको नक्कल गर्न, प्रयोगकर्ताको आवाजलाई ठूलो पार्न र मानिसले उच्चारण गरेको शब्दलाई विभिन्न ८ भाषामा अनुवाद समेत गर्न सक्छ । अगाडिपट्टिको कटआउट स्वासप्रश्वासका लागि महत्वपूर्ण रहेको छ । यसले कोरोनाभाइरस बिरुद्धको सुरक्षाका लागि त्यती कसरत गर्नु आवश्यक छैन ।

यो एक स्तरिय फेस मास्क भएको डोनट रोबोटिक्सका सीईओ टाइसुके ओनोले बताए । सेतो प्लास्टिक र सिलिकनबाट बनाइएको यो मास्कमा माइक्रोफोन राखिएको छ । जसले मास्क लगाउनेको स्मार्टफोनमा ब्लूतुथको माध्यमबाट सम्पर्क स्थापित गर्छ ।

यो व्यवस्थाले जापानी भाषलाई चिनियाँ, कोरियन, भियतनामी, इन्डोनेसियाली, अंग्रेजी, स्पेनिस र फ्रेन्च भाषामा अनुवाद गर्छ । डोनट रोबोटिक्सले सुरुमा सिनामोन नामको रोबोटका लागि अनुवाद सफ्टवेयरको विकास गरेको थियो ।

तर, जब महामारी फैलियो उक्त रोबोटको प्रोजेक्टलाई रोकियो । इन्जिनियरहरुको टोलीले यो सफ्टवेयरलाई फेस मास्कका लागि प्रयोग गर्ने विचार गरेपछि उक्त योजनालाई रोकिएको हो ।