५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.32

Wind: 5.66

Humidity: 64

Latest
फेसबुकसहितका समाजिक सञ्जालमा प्रतिवन्ध लाग्न सक्छः सञ्चारमन्त्री गुरुङ यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणमा परी ५८ जनाको मृत्यु न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा कानूनहरु चाँडै पारित गर्ने गरी काम भइरहेको छः मन्त्री चौरसिया मानवअधिकार, मौलिक हक र कानून कार्यान्वयनमा सांसदहरुको चासो कर्मचारीको ‘कुलिङ पिरियड’ राख्ने प्रश्ताव मन्त्रालयले गरेको होइनः सचिव पन्थ निजामती कर्मचारीको अवकाश ६० वर्ष गरौँः अर्थसचिव उपाध्याय बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से सामान्य करेक्सन भएर १७.६३ अंकले उकालो



अ+ अ-

काठमाडौं । बुधबार शेयर बजार सामान्य करेक्सन भएर १८.७६ अंकले उकालो लागेको छ । यस दिन बजार २ हजार ४४१.८५ विन्दुमा पुगेर बन्द भएको छ । 

सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८६ अंकले घटेर ४४६ दशमलव ३८ विन्दुमा झरेको छ । मंगलबार रू. ८ अर्ब २७ करेड ९६ लाख ४ हजार बरावरको शेयर खरीदविक्री भएको थियो । बुधबारको कारेबारको दिन रू. ८ अर्ब ६ करोड २ लाख ३८ हजार बराबरको शेयर कारोबार भएको हो । मंगलबारको तुलनामा भने कारोबार रकम घटेको हो । 

यस दिनको कारोबार २०८ ओटा कम्पनीको ५९ हजार १५१ पटकको व्यापारमा भएको हो । उक्त रकम बराबरको १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता शेयर कारोबार भएको छ ।

आरम्भ चौतारी लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, गुराँस लघुवित्तको ९ दशमलव ९७ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ९६ प्रतिशत ,प्रभ लाइफको ९ दशमलव ९१ प्रतिशत, नेशनल हाइड्रोपावरको ९ दशमलव ८५ प्रतिशत र एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ९ दशमलव ८२ प्रतिशतले बढेको हो । दोहोरो अंकले बढेको बजारमा पोखरा फाइनान्सको शेयरमूल्य सर्वाधिक ७ दशमलव शून्य ५ प्रतिशतले घटेको छ । पोखरा फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. २१ ले घटेर रू. २७७ मा झरेको हो ।

यो जीवन बीमा समूहको परिसूचक सर्वाधिक ६ दशमलव २५ प्रतिशत बढेको छ । त्यस्तै निर्जीवन बीमा समूहको ३ दशमलव ९८ प्रतिशत, व्यापारिक समूहको १ दशमलव १४ प्रतिशत,  लघुवित्तको १ दशमलव ६९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव २७ प्रतिशत बढेको छ । 

यस दिन होटल समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । होटल समूहको परिसूचक सर्वाधिक १ दशमलव १८ प्रतिशतले घटेको हो । त्यस्तै बैंकिङ समूहको शून्य दशमलव ५७ प्रतिशत, वित्तको र उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५७ प्रतिशत, विकास बैंकको शून्य दशमलव २५ प्रतिशत, जलविद्युतको शून्य दशमलव २१ प्रतिशत र अन्यको शून्य दशमलव ११ प्रतिशत परिसूचक घटेको छ । 

बुधबार नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक रकमको कारोबार ओगटेको छ । यो दिन कम्पनीले ५१ प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेको छ । लाभांश पछि पनि नेपाल लाइफको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी देखिएको छ ।

कम्पनीको रू. ९३ करोड ३४ लाख २३ हजार बराबरको शेयर कारोबार भएको हो भने ९ दशमलव ९९ प्रतिशतले शेयरमूल्य बढेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१९ ले बढेर अन्तिम मूल्य रू. २ हजार ४११ पुगेको छ । नेपाल लाइफसँगै यस दिन अन्य ६ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।