४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला



अ+ अ-

ईलाम । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा बिधमान कायम रहेकोे ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामका जनताले राप्रपा नेपाललाई मतदान गर्न आबश्यक रहेको बताएका छन् ।

यो मतदान भ्रष्टाचार ,बेतिथी र अराजकताको अन्त्यको श्रीगणेश हुने भन्दै बर्तौलाले अरुले हार्दा केही फरक नपर्ने भन्दै राप्रपा नेपालले हार्दा भ्रष्टाचार र मनपरितन्त्र विरुद्धको आवाज कमजोर हुने बिचार ब्यक्त गरे । ईलाम -२ को उपनिर्बाचनको क्रममा आज विभिन्न स्थानमा आयोजित चुनाबी प्रचार अभियानको कार्यक्रममा बोल्दै बर्तौलाले असफल ब्यबस्था र प्रणालीको वकालत गर्नेहरुले निर्बाचन जित्दा यथास्थिति हाबी हुने भन्दै त्यो दुर्भाग्यपूर्ण हुने समेत उनको धारणा थियो ।

कार्यक्रममा बोल्दै पार्टीका सह-महामन्त्री तेजकुमार कुरुङ्वाङले मुलुकको बैकल्पिक शक्ति राप्रपा नेपाल भएको भन्दै असफल ब्यबस्थाको अन्त्यको लागि इलामका जनता जाग्नुपर्ने बताए । राप्रपा नेपालले इलाम -२ बाट गणेश बहादुर चौहानलाई उम्मेदवारको रुपमा खडा गरेको छ । फाफफोकथुम र माङ्सेबुङ गाउँ पालिका र देउमाई नगरपालिकामा राप्रपा नेपालले कार्यक्रम गरेको हो ।