२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

आईपीएलमा आजः लखनउको मैदानमा चेन्नईको चुनौती

आईपीएलमा आजः लखनउको मैदानमा चेन्नईको चुनौती
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३४ औं खेलमा लखनउ सुपर जाइन्ट्स (एलएसजी)ले चेन्नई सुपर किंग्स (सीएसके) को सामना गर्दैछ । खेल भारत रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियम (इकाना), लखनउमा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

लखनउको टोली यस सिजन ६ मध्ये ३ खेल जितेर अंक तालिकाको पाँचौं स्थानमा छ भने चेन्नई ६ मध्ये ४ खेल जितेर तेस्रो स्थानमा छ । आईपीएलमा हालसम्म लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सबीच ३ खेल खेलिएको छ । दुवै टोलीले १–१ खेल जितेका छन् भने एक खेल अनिर्णित रह्यो ।

केएल राहुलको कप्तानीमा रहेको लखनउको टोलीले यो सिजन राम्रो सुरुवात गर्न सकेन । टोलीले आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग हार बेहोरेको थियो । यसपछि टोलीले पुनरागमन गर्दै लगातार तीन खेल जित्यो ।

दोस्रो खेलमा पञ्जाब किंग्सलाई, तेस्रोमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई र चौथोमा गुजरात टाइटन्सलाई हराएको थियो । तर, टोलीले पछिल्लो दुई खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्ससँग हार बेहोरेको छ । टोलीका सर्वाधिक स्कोरर निकोलस पुरन ( ६ खेलमा २२३ रन) हुन् । बलिङमा यश ठाकुर ( ५ खेलमा ७ विकेट) शीर्ष स्थानमा छन् ।

यस सिजन चेन्नईले राम्रो सुरुवात गरेको थियो । टोलीले पहिलो दुई खेल लगातार जितेको थियो । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र दोस्रोमा गुजरात टाइटन्सलाई पराजित गरेको थियो । तर, तेस्रोमा दिल्ली क्यापिटल्ससँग र चौथोमा सनराइजर्स हैदरावादसँग पराजित भयो । टोलीले पछिल्ला दुवै खेल जितेको छ ।

पाँचौंमा कोलकाता नाइट राइडर्स र छैटौंमा मुम्बई इन्डियन्सलाई पराजित गरेको हो । टोलीका लागि शिवम दुबेले सर्वाधिक रन (६ खेलमा २४२ रन) बनाएका छन् । मुस्ताफिजुर रहमानले सर्वाधिक विकेट ( ५ खेलमा १० विकेट) लिएका छन् ।

लखनउको पिचमा आईपीएलमा स्पिनरहरुको दबदबा रहँदै आएको छ । कम स्कोरिङ खेलहरू यहाँ देखिएका छन् भने ब्याट्सम्यानहरूलाई रन बनाउन निकै गाह्रो हुन्छ । यहाँ हालसम्म कुल १० आईपीएल खेल खेलिएका छन् । यहाँको उच्चतम टोली स्कोर १९९/८ हो, जुन यस वर्ष पञ्जाब किंग्स विरुद्ध एलएसजीले बनाएको थियो । यहाँ पछिल्ला ६ खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले र ३ खेलमा पछ्याएको टोलीले जित निकालेको छ । जबकि एक खेल भने नतिजाविहीन रह्यो ।

शुक्रबार लखनउमा बादल लाग्ने भएपनि वर्षाको सम्भावना भने छैन । हावा पनि बलियो हुनेछ। यहाँको तापक्रम २५ देखि ३९ डिग्री सेल्सियसको बीचमा रहनेछ ।