६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत



अ+ अ-

चौतारा । त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र थामी रहेको प्रहरीले जनाएको छ ।

दोलखाको भीमेश्वर–१ सुस्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–४ पिस्करमा बेलुली लिन हिँडेको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी–५ स्थित तौथलीनजिकै आज विहान सात बजेको आसपासमा दुर्घटनामा परेको थियो । मृतक तीनै जनाको शव पोष्टमर्टमका लागि दोलखास्थित जिल्ला अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईका अनुसार बसमा ५५ जना सवार थिए । दुर्घटनामा घाइते ५२ जनामध्ये सात जनाको अवस्था गम्भीर छ ।

बस सडकबाट करिब एक सय ५० मिटर तल खोँचमा खसेको थियो । स्थानीय र प्रहरीले घाइतेलाई उद्वार गरी धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल पुर्याएका थिए । रासस