• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

युएईविरुद्ध नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने



काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ११ः४५ बजे सुरु हुनेछ ।

यसैबीच, यूएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । जसअनुसार नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले पछिल्लो खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । साउदी अरेबियाविरुद्ध खेलेका प्रतिश जिसीको स्थानमा सोमपाल कामी टोलीमा फर्किएका छन् ।

नेपालको प्लेइङ ११ः
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, ललित राजवंशी