५ भाद्र २०८३, शुक्रबार
,
Latest
वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चबाट बदर कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरुद्ध नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने



अ+ अ-

काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ११ः४५ बजे सुरु हुनेछ ।

यसैबीच, यूएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । जसअनुसार नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले पछिल्लो खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । साउदी अरेबियाविरुद्ध खेलेका प्रतिश जिसीको स्थानमा सोमपाल कामी टोलीमा फर्किएका छन् ।

नेपालको प्लेइङ ११ः
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, ललित राजवंशी