१७ माघ २०८१, बिहीबार
,
Latest
यातायात कार्यालयद्वारा छ महिनामा रु २९ करोड एक लाख राजस्व सङ्कलन पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिनु पर्छ: कमल थापा वासिङ्टनमा हेलिकप्टर र यात्रुबाहक विमान दुर्घटना: कम्तीमा १८ जनाको शव फेला आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसक्योः प्रधानमन्त्री ओली मनाङका किसान सामूहिक खेतीमा आकर्षित ओखलढुङ्गामा सुमो दुर्घटना, तीन जनाको मृत्यु सामाजिक सञ्जाल मार्फत अनेक खालका वितण्डा मच्चाउने कामभयाे: प्रदीप ज्ञवाली पोखरा–मुग्लिन आयोजनाः पोखरा–जामुने खण्डमा २८ किमी कालोपत्र कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएका छौँ, छिटै लयमा फर्किनेछः सञ्चारमन्त्री गुरुङ मन्त्रिहरुले रिबन काट्ने र संसदमा कानून निर्माण गर्नेमा कुन महत्वपूर्ण बुझ्नुपर्छः सभामुख घिमिरे (अन्तरवार्ता)
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिक पाण्ड्यालाई १२ लाख जरिवाना



अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख रुपैयाँ जरिवाना लगाएको छ ।

पञ्जाब किंग्सविरुद्ध मुम्बई इन्डियन्सको जितपछि बीसीसीआईले हार्दिक पाण्ड्यालाई यो सजाय दिएको हो । मुल्लानपुरमा भएको खेलमा स्लो ओभर रेटका कारण मुम्बई इन्डियन्सलाई लाखौं जरिवाना गरिएको छ ।

मुम्बईको टोलीले पञ्जाब किंग्सविरुद्ध निर्धारित समयमै ओभर पूरा गर्न नसकेपछि बीसीसीआईले हार्दिक पाण्ड्यालाई कारबाही गरेको हो । आईपीएलको न्यूनतम ओभर रेट अपराधसँग सम्बन्धित आचार संहिता अन्तर्गत यो सिजनको मुम्बई टोलीको पहिलो अपराध हो ।

मुम्बई इन्डियन्सको टोली निर्धारित समयभन्दा २ ओभर ढिलो दौडिरहेको थियो जसका कारण टोलीले १९ र २० औं ओभरमा ३० गजको सर्कलमा अतिरिक्त फिल्डर राख्नुपरेको थियो । तर, यसबाट मुम्बईलाई कुनै नोक्शानी भने भएन र मुम्बईले पञ्जाब किंग्सलाई ९ रनले पराजित गर्दै खेल जित्यो ।

चालू सिजनमा मुम्बई इन्डियन्सको यो पहिलो गल्ती थियो, जसका कारण बीसीसीआईले हार्दिक पाण्ड्यालाई १२ लाख रुपैयाँ जरिवाना लगाएको छ । यदि, मुम्बईको टोलीले दोस्रो पटक यस्तो गल्ती गर्छ भने कप्तान हार्दिकलाई १२ लाखको सट्टा २४ लाख रुपैयाँ जरिवाना हुनेछ । उनीहरु बाहेक अन्य खेलाडीलाई पनि कारबाही गरिने छ ।