२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित शर्मा २५० आईपीएल खेल खेल्ने दोस्रो खेलाडी



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ को ३३ औं खेलमा मुम्बई इन्डियन्स (एमआई)ले पञ्जाब किंग्स (पीबीकेएस)लाई ९ रनले हरायो ।

बिहीबार मुल्लानपुर (चण्डिगढ)मा भएको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १९२ रन बनाएको थियो । जवाफमा पञ्जाब किंग्स १९.१ ओभरमा १८३ रनमा अलआउट भयो ।

रोहित शर्माले आईपीएलमा २५० खेल पूरा गरेका छन् । रोहित शर्मा यो अंक पार गर्ने दोस्रो खेलाडी बनेका छन् । यो आँकडा पार गर्ने पहिलोमा चेन्नई सुपर किंग्सका पूर्व कप्तान महेन्द्र सिंह धोनी छन् । धोनीले २५६ आईपीएल खेल खेलेका छन् । आईपीएलको सबैभन्दा धेरै खेल खेलेका सबै खेलाडीहरू पहिलो सिजन अर्थात् २००८ देखि लिगमा सहभागी हुँदै आएका छन् ।

यस्तै, रोहितले मुम्बई इण्डियन्सका लागि सर्वाधिक छक्का प्रहार गरेका छन् । शर्माले एमआईका लागि खेलेका २०५ खेलमा कुल २२४ छक्का प्रहार गरेका छन् । उनले एमआईका लेजेन्ड किरोन पोलार्डलाई पछाडि छोडे। पोलार्डले टोलीका लागि कुल २२३ छक्का प्रहार गरेका छन् । सूर्यकुमार यादव एमआईका लागि १०० छक्का प्रहार गर्न २ छक्का टाढा छन् । उनले टोलीका लागि ९८ छक्का प्रहार गरेका छन् ।




भर्खरै