• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने

रोहित शर्मा २५० आईपीएल खेल खेल्ने दोस्रो खेलाडी



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ को ३३ औं खेलमा मुम्बई इन्डियन्स (एमआई)ले पञ्जाब किंग्स (पीबीकेएस)लाई ९ रनले हरायो ।

बिहीबार मुल्लानपुर (चण्डिगढ)मा भएको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १९२ रन बनाएको थियो । जवाफमा पञ्जाब किंग्स १९.१ ओभरमा १८३ रनमा अलआउट भयो ।

रोहित शर्माले आईपीएलमा २५० खेल पूरा गरेका छन् । रोहित शर्मा यो अंक पार गर्ने दोस्रो खेलाडी बनेका छन् । यो आँकडा पार गर्ने पहिलोमा चेन्नई सुपर किंग्सका पूर्व कप्तान महेन्द्र सिंह धोनी छन् । धोनीले २५६ आईपीएल खेल खेलेका छन् । आईपीएलको सबैभन्दा धेरै खेल खेलेका सबै खेलाडीहरू पहिलो सिजन अर्थात् २००८ देखि लिगमा सहभागी हुँदै आएका छन् ।

यस्तै, रोहितले मुम्बई इण्डियन्सका लागि सर्वाधिक छक्का प्रहार गरेका छन् । शर्माले एमआईका लागि खेलेका २०५ खेलमा कुल २२४ छक्का प्रहार गरेका छन् । उनले एमआईका लेजेन्ड किरोन पोलार्डलाई पछाडि छोडे। पोलार्डले टोलीका लागि कुल २२३ छक्का प्रहार गरेका छन् । सूर्यकुमार यादव एमआईका लागि १०० छक्का प्रहार गर्न २ छक्का टाढा छन् । उनले टोलीका लागि ९८ छक्का प्रहार गरेका छन् ।