२६ भाद्र २०८३, शुक्रबार
,
Latest
३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको १६ औं वार्षिकोत्सवः पहिलो छक्का कसले हिर्काएका थिए ?



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को आज १६ औं वार्षिकोत्सव हो । यो लिग १८ अप्रिल २००८ मा सुरु भएको थियो । हरेक वर्ष यो लिगले विश्वमा नयाँ स्थान हासिल गरेको छ ।

सन् २००८ मा पहिलो खेल कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)बीच भएको थियो । यो खेल एम चिन्नास्वामी स्टेडियममा भएको थियो ।

पहिलो खेलमा केकेआरका लागि ओपनिङ गर्न आएका ब्रेन्डन म्याकुलमले ७३ बलमा १५८ रनको अविजित इनिङ खेले । आईपीएलएको पहिलो छक्का र पहिलो चौका उनको आफ्नै ब्याटबाट आएको थियो । म्याकुलमले खेलको दोस्रो ओभरको चौथो बलमा पहिलो छक्का प्रहार गरेका थिए ।

यस्तै, सिजनको पहिलो चौका पनि यही ओभरमा प्रहार भएको थियो । योसँगै सिजनको पहिलो चौका र छक्का भारतीय बलर जहीर खानको बलमा लागेको थियो । यो खेलमा म्याकुलम ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

आरसीबीको लज्जास्पद हार

यो खेलमा केकेआरका कप्तानी सौरभ गांगुलीले गरेका थिए । त्यतिबेला राहुल द्रविड आरसीबीको कप्तान थिए । यस खेलमा केकेआरले तीन विकेट गुमाएर २२२ रन बनाएको थियो । यससँगै आरसीबीको टोलीले १५.१ ओभरमा ८२ रन मात्र बनाउन सकेको थियो । यो खेल केकेआरले १ सय ४० रनले जित्यो ।

राजस्थान रोयल्स च्याम्पियन


पहिलो सिजनको विजेताको कुरा गर्ने हो भने अष्ट्रेलियाका दिवंगत लेग स्पिनर शेन वार्नको नेतृत्वमा रहेको राजस्थान रोयल्सले फाइनल खेलमा चेन्नई सुपर किंग्सलाई ३ विकेटले पराजित गर्दै पहिलो उपाधि जित्न सफल रह्यो ।




भर्खरै