२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

८९ रनमा अलआउट हुँदै आफ्नो न्यून स्कोर बनाएको गुजरातमाथि दिल्लीले ८.५ ओभरमै खेल जित्यो

८९ रनमा अलआउट हुँदै आफ्नो न्यून स्कोर बनाएको गुजरातमाथि दिल्लीले ८.५ ओभरमै खेल जित्यो
अ अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा बुधबार १७ औं सिजनको सबैभन्दा कम स्कोर बनेको थियो । गुजरात टाइटन्सले ८९ रन मात्र बनाउन सक्यो ।

आईपीएलमा यो टोलीको सबैभन्दा कम स्कोर हो । दिल्ली क्यापिटल्सले लक्ष्य ८ दशमलव ५ ओभरमा पूरा गर्यो, जुन धेरै बल बाँकी रहेको दिल्लीको सबैभन्दा ठूलो जित हो ।

दिल्लीका विकेटकिपर कप्तान ऋषभ पन्तले विकेट पछाडि ४ विकेट लिए ।

आईपीएल २०२४ को ३२औं खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले पराजित गरेको हो । ९० रनको लक्ष्य पछ्याएको टोलीले ८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । ओपनर ज्याक फ्रेजर–मगार्कले १० बलमा २० रन, शाइ होपले १० बलमा १९ रन र कप्तान ऋषभ पन्तले १६ रन बनाए ।

अहमदाबादमा दिल्लीले टस जितेर बलिङ रोजेको थियो । गुजरात टाइटन्स १७.३ ओभरमा ८९ रनमा अलआउट भयो । डिसीका मुकेश कुमारले ३, इशान्त शर्मा र ट्रिस्टन स्टब्सले २–२ विकेट लिए । अक्षर पटेल र खलिल अहमदले १–१ विकेट लिए भने एक ब्याट्सम्यान रनआउट भए ।

गुजरातका रासिद खानले ३१ रन बनाए भने अन्य कुनै ब्याट्सम्यानले १५ रनको अंक पनि पार गर्न सकेनन् । साई सुदर्शनले १२ रन र राहुल तेवाटियाले १० रन बनाए ।