२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

इलाम-२ उपनिर्वाचन : मिशन ८४ को ट्रेलर, प्रत्येकलाई चुनौती

अहिले राष्ट्रकै चासो बनेको उपनिर्वाचन दलहरुले भन्दै आएको मिशन ८४ को परीक्षा

इलाम-२ उपनिर्वाचन : मिशन ८४ को ट्रेलर, प्रत्येकलाई चुनौती
अ अ+ अ-

इलाम : वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्य चयनको उपनिर्वाचनले पहिलो पुस्ताको राजनीतिलाई औपचारिक विदाई गर्दै नयाँ पुस्तामा शक्ति हस्तान्तरण गर्ने छ । अहिले राष्ट्रकै चासो बनेको यो उपनिर्वाचन दलहरुले भन्दै आएको मिशन ८४ को परीक्षा पनि बनेको छ ।

सबै दल कस्सिएर लागेका छन् । जित्ने दाउमा छन् सबै । हुन पनि हो नै, हार्नका लागि को उठ्छन् र ? अहिले देशका धेरै शक्तिको परीक्षणको मैदान बनेको इलाम क्षेत्र नम्बर २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबारदेखि इलामलाई नै मुुकाम बनाएर बसेका छन् । नेपाली काँग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले इलामको बिभिन्न कार्यक्रम सकेर फर्किसक्दा अर्का महामन्त्री विश्वप्रकाश शर्मा चुनावी कमाण्डरको हैसियतले उतै छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा इलाममा जितकाे झण्डा गाड्ने उद्घोषका साथ धेरै नेता उतै व्यस्त छन् । सभापति रवि लामिछानेले उम्मेद्वारी घोषणादेखि अन्य बिभिन्न कार्यक्रममा पनि उपस्थिति जनाए । सो दलका स्वर्णीम वाग्लेलगायतका शीर्ष नेता एवं मन्त्रीको पनि इलाममा बाक्लो आउजाउ छ ।

सत्ता गठबन्धनबाट टिकटको आकांक्षी देखिएका झलनाथ खनाल अन्तत: नेकपा एकीकृत समाजवादीको चुनावी कमाण्डर बनेर उतै व्यस्त छन् । योसँगै पहिचानको मुद्दा बोकेर कोशी प्रदेशलाई जीवन मरणको सवाल बनाएको पहिचान पक्षधरहरुको सक्रियता पनि चुलिएको छ । यस बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका दल तथा उम्मेद्वारहरु पनि सक्रिय छन् ।

इलाम परम्परागतरुपमा नेकपा एमाले र नेपाली कांग्रेसबीचको शक्ति संघर्षको मैदान हो । जस्मा धेरै पटक बाजी एमालेले नै मारेको छ । यस पटक पनि एमाले यही विरासत जोगाउने प्रयासमा छ । पहिला पितालाई निरन्तरता दिएको इलाम २ ले यसपटक पुत्रलाई निरन्तर गराउनेमा एमाले विश्वस्त छ । २५ भदौमा एमाले नेता एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको असमायिक निधन पछि रिक्त बनेको यो क्षेत्रमा एमालेले उनैका पुत्र सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाएको छ । गाउँगाउँ र घरदैलोमा व्यस्त छन् सुहाङ ।

इलाम गाउँठाउँका लागि मात्र नभई स्वयं इलाम नगरपालिका क्षेत्र भित्रै व्यक्तिगतरुमा अपरिचित रहेका सुहाङसँग भएको सिंगो परिचय र पहिचान उनका पिता सुवास नेम्वाङ नै हुन् । इलाम कम बसेका सुहाङ विगत ४ महिनादेखि भने निरन्तर जसो इलाममा नै छन् । नेकपा एमालेले उनलाई अघि सार्नु पनि युवा हुनुका साथै ०८४ को परीक्षण नै ठानेको छ । एमालेबाट अन्य धेरै काबिल र त्याग गरेका आकांक्षी भए पनि अध्यक्ष ओलीको व्यक्तिगत चाहनामा आशीर्वाद सुहाङले पाएका हुन् ।

स्वभावले विद्रोह रुचाउने एमाले कार्यकर्ताका लागि पारिवारिक निरन्तरता अर्थात वंशवाद प्रिय नलागे पनि भोट क्रस गर्न र  अन्तर्घात गर्न भने हम्मेसी चाहँदैनन । यो वानीले सुहाङलाई फाइदा पुग्ने देखिए पनि कोशी प्रदेश नामकरणमा मुख्य भूमिका निभाएको भन्दै एमाले पहिचान पक्षधरको तारो बनेको छ । जस्को कारण डेकेन्द्र सिंह थेगिमले सहानुभूति बटुल्न सक्ने सम्भावनालाई नकार्न मिल्दैन । जस्को थोर वहुत हिसाब एमालेले मिलाउनै पर्ने अवस्था छ । यस्का लागि एमालेले नेकपा माओवादी केन्द्रको मत माथि बढी भरोसा राखेको छ । माओवादीले आफ्नो उम्मेद्वारी नदिई एमाले उम्मेद्वारलाई सहयोग गर्न निर्णय गरिसकेको छ ।

यता नेपाली काँग्रेसबाट उम्मेद्वार बनेका कांग्रेस इलाम जिल्ला सभापति डम्बर खड्का यस अघि सुवास नेम्वाङसँग १ सय १४ मतको झिनो अन्तरले पराजित भएका थिए । तर त्यतिखेर झण्डै सात घण्टा रोकिएको मतगणना र शीर्ष तहमा भएको भनिएको अपुष्ट सहमतिले खड्का हार स्वीकार बाध्य बनेको धेरै इलामेलाई थाहा नै छ ।

यसपटक खड्का सो हारको बदला लिन प्रयासमा छन् । तर इलाम कांग्रेसभित्रको ठूलो जनमत नेता भेषराज आचार्यप्रति रहेको र यसपटक जित्नसक्ने नेताकोरुपमा क्षेत्र, जिल्ला र प्रदेशले आचार्यलाई एक नम्बरमा राखेर सिफारिस गरेपनि पार्टी सभापति शेरबहादुर देउवाको असीम अनुकम्पाले उनै खड्काले टिकट हात पारे । जसप्रतिको असन्तुष्टि सेलाउन निकै गारो परेपनि महामन्त्री थापा र वरिष्ठ नेता कोइरालाको इलाम भ्रमण पछि अवस्था धेरै सम्हालिएको अनुभव कांग्रेस कार्यकर्ताहरुले गरेका छन् । अन्र्तघात र असन्तुष्टिको असर व्यालेटमा नपरे कांग्रेस इलाममा फर्किनेमा धेरै आशावादी पनि छन् ।

उता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा इलाम २ मा जित हात पारेर सहकारी ठगीमा लागेको आरोपको जवाफ दिने तयारीमा छ । यो उस्को लागि उसैले भनेको र सुरु गरेको मिशन ८४ को परीक्षा पनि हो । तर इलाममा सुरुवातदेखिको गतिविधि हेर्दा उस्को पक्षमा माहौल अझै बन्न नसकेको प्रष्ट छ । माओवादीका पूर्व कार्यकर्ता एवं पत्रकार मिलन लिम्बूलाई आफ्नो दलको खास उम्मेद्वार भन्दा पनि घण्टीवाहक मात्र भनेर समर्थन गरेको रास्वपाले उनैबाट जितको आशा गर्नु निकै ठूलो चुनौती बन्ने निश्चित छ ।

कांग्रेस नेतृत्वले दिने गरेको अलोकप्रिय उम्मेद्वार र केही निर्वाचन क्षेत्रमा एमालेले गरिदिएको भरथेगले राम्रो फाइदा उठाउने गरेको रास्वपाले यसपटक कांग्रेसको निर्णयको प्रतीक्षा नगरी उम्मेवद्वारी दिनु हतारिनुलाई पनि इलाम २ संगठन विस्तारको कडीमा मात्र उस्ले राखेको बुझ्न कठिन पर्दैन । यस अघिको निर्वाचनमा प्रत्यक्षतर्फ एक हजार ३६३ मत पाएको रास्वपाले समानुपातिकतर्फ चार हजार ६ सय ८६ मत बटुलेको थियो । यद्धपि यसपटक जित मिलन लिम्बूकै हुनेमा रास्वपा ढुक्क र निर्धक्क छ । सामाजिक सञ्जालमा त लिम्बूलाई फूलमाला र अबिर लगाइदिन मात्र बाँकी छ ।

यता पछिल्लो समय कोशीबाट चर्किएको पहिचानको मुद्दाको परीक्षा पनि इलाम २ नै हुने भएको छ । कोशी प्रदेशमा लिम्बू र राईको बहुल रहेको र राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने इलाममा पहिचान पक्षधरको जित र हारले पनि ठूलो प्रभाव पार्ने पक्का छ । एमालेका पूर्व कार्यकर्ता डेकेन्द्रसिंह थेगिम स्थानीय मात्र नभइ पहिचानको राजनीतिमा पछिल्लो समय डटेर लागेको व्यक्ति हुन् । यसपटक उनको उपस्थितिलाई धेरैले ‘प्रभाव पार्न सक्ने पात्र’ कोरुपमा समेत लिएका छन् ।

मुख्य चर्चामा रहेका यी दलहरु बाहेक अन्य दलहरुको दौड पनि इलाममा उल्लेख्य छ । मत परिणाम यसै भनेर किटान गरिहाल्न नसक्ने अवस्थामा अन्य दलहरुले ल्याउने मतले पनि उत्तारचढाव कायम गर्ने अवस्था छ ।

पञ्चायतविरुद्वको आन्दोलनमा जीवनको धेरै उर्जा सकेका र राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निभाएका पहिलो पुस्ताका नेताहरु नेपाली काँग्रेसका केबि गुरुङ, नेकपा एसका झलनाथ खनाल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई छाडेर वैशाख १५ गतेले नयाँ पुस्तामा इलाम २ को शक्ति हस्तान्तरण गर्दैछ ।

देशमा नाम कमाएका नेताहरु भए पनि इलामको कर्णाली भनेर चिनिएको क्षेत्र नम्बर २ मा गर्न धेरै बाँकी छ । मूल्यविहीन बन्दै गएको चियावगान, मूल्य नपाएर निराश बनेका दूग्ध व्यवसायी किसान, अदुवा खेतीले चित्त बुझाउन नसकेको अवस्था, अलैचीमा मूल्यको एकरुपताको अभाव र वाटोघाटो, शिक्षा, रोजगार र स्वास्थ्य इलाम २ को पेचिलो समस्या हो ।

अहिले उठेका सबै उम्मेद्वार युवा छन, उनीहरुले अहिले नै राष्ट्रिय राजनीतितर्फ ध्यान नदिनु पर्ने हुँदा गाउँठाउँमा ध्यान देलान कि भन्ने आशा भने अधिकांश मतदाताको छ ।