३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६.५५ अंक घट्यो, कारोबार रकममा भने हालसम्मकै उच्च

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६.५५ अंक घट्यो, कारोबार रकममा भने हालसम्मकै उच्च
अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १६.५५ अंकले घटेको छ भने यता शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन रू. ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार बराबरको २ करोड २१ लाख ५३ हजार कित्ता शेयर कारोबार भएको हो । 

बिहीबार नेप्से घटेपछि २ हजार ४२५.२९ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इन्डेक्स भने ४.३२ अंक घटेर ४४२.०६ विन्दुमा बन्द भएको छ ।

बुधबार सर्किट लेभलमा बढेको कम्पनीको मूल्य बिहीबार २ दशमलव ५७ प्रतिशत घटेको हो । बिहीबार निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले बढेको छ । यो दिन उत्पादन तथा प्रशोधनको २.८२ प्रतिशत र लघुवित्तको २.१४ प्रतिशतले परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ ।

बिहीबार सगरमाथा इन्स्योरेन्स र सूर्योदय लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको ९.९८ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ९.९७ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ९.९७ प्रतिशत, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ९.७८ प्रतिशत र सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.४७ प्रतिशत बढेको छ । 

बैंकिङ समूहको सर्वाधिक २.३४ प्रतिशत परिसूचक घटेको हो भने व्यापारिकको ०.१७ प्रतिशत, होटलको १.२७ प्रतिशत, विकास बैंकको १.७२ प्रतिशत, जलविद्युतको १.२१ प्रतिशत, वित्तको १.५५ प्रतिशत, अन्यको ०.५७ प्रतिशत, जीवन बीमाको ०.२४ प्रतिशत र म्युचुअल फण्डको १.७९ प्रतिशत परिसूचक घटेको हो । 

बजारले उच्च विन्दु कायम गरिरहदाँ लगानीकर्ताहरुले पछिल्लो समय अल्पकालिन नाफा बुक गर्न थालेको देखिन्छ । जसका कारण बजारमा सामान्य करेक्सन दोहोरिरहेको छ । बजारलाई व्यवस्थित र सबै नेपालीको पहुँचमा पु¥याउने प्रयास भइरहँदा कारोबार रकमले भने ऐतिहासिक रेकर्ड कायम गरिरहेको छ ।

बिहीबार भएको शेयर कारोबार कित्तापनि हालसम्मकै उच्च रहेको छ । यस अघिको कारोबारमा २ करोडभन्दा कम कित्तामात्र शेयर कारोबार भएको थियो । कारोबार रकममा सर्वाधिक हिस्सा भने नेपाल लाइफ इन्स्योरेन्सलेनै ओगटेको छ ।  

उक्त कम्पनीको रू.५७ करोड ६८ लाख ९१ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६२ ले घटेर अन्तिम मूल्य रू. २ हजार ३४९ कायम भएको छ ।