• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर ★   आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान ★   डोल्पाका सबै सांसद मन्त्री ★   जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो ★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो ★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी

आईपीएल इतिहासमा ह्याट्रिक र शतक दुबै बनाउने तेस्रो खेलाडी बने सुनील नारायण



एजेन्सी । इन्डियन प्रिमियर लिगको १७ औँ सिजनमा नयाँ–नयाँ कीर्तिमान बनिरहेको छ । मंगलबार भएको राजस्थान रोयल्सविरुद्धको खेलमा सुनिल नारायणले आफ्नो क्रिकेट करियरको पहिलो शतक प्रहार गरेका छन् ।

यो शतकको इनिङ्सका कारण उनले धेरै कीर्तिमान बनाएका छन् । उनले आरआरविरुद्ध ५६ बलमा १०९ रनको इनिङ खेलेका थिए । अब उनले आफ्नो नाममा कीर्तिमान बनाएका छन्, जुन अहिलेसम्म रोहित शर्मा र शेन वाट्सनले मात्रै आफ्नो नाममा बनाउन सकेका छन् ।

सुनिल नारायण आईपीएलको इतिहासमा शतक र ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन् ।

सुनिल नारायणले राजस्थान रोयल्सविरुद्ध ४९ बलमा शतक प्रहार गरेका थिए । बलरको हैसियतमा उनले सन् २०१३ मा केकेआरबाट खेल्दा पञ्जाब किंग्सविरुद्ध ह्याट्रिक गरेका थिए । नारायणले लगातार ३ बलमा डेभिड हसी, अजहर महमुद र गुरकीरत सिंहलाई आउट गरेका थिए ।

सुनिल नारायणको आईपीएल करियरलाई हेर्दा उनले १६८ खेलमा १ शतक र ५ अर्धशतक खेल्दै १ हजार ३२२ रन बनाएका छन् । अर्कोतर्फ, बलरका रूपमा उनले १६८ खेलमा १६८ पटक ब्याट्सम्यानलाई आफ्नो सिकार बनाएका छन् ।

नारायणको अगाडि रोहित शर्माले पनि यो काम गरेका छन् जसको नाममा आईपीएलमा २ शतक छ । करियरको सुरुवाती दिनमा रोहितले नियमित बलिङ पनि गर्थे । सन् २००९ मा डेक्कन चार्जर्सबाट खेल्दा उनले लगातार ३ बलमा अभिषेक नायर, हरभजन सिंह र जेपी डुमिनीलाई प्याभिलियन पठाए ।

नारायण र रोहित बाहेक शेन वाट्सन तेस्रो खेलाडी हुन् जसले शतक बाहेक ह्याट्रिक समेत गरेका छन् । अस्ट्रेलियाका ब्याट्सम्यान वाट्सनले आफ्नो आईपीएल करियरमा एक वा दुई होइन ४ शतकको इनिङ खेलेका थिए । वाट्सनले सन् २०१४ मा राजस्थान रोयल्सबाट खेल्दा सनराइजर्स हैदरावादविरुद्ध ह्याट्रिक गरेका थिए । वाटसनले लगातार ३ बलमा शिखर धवन, मोइसेज हेनरिकेस र कर्ण शर्मालाई प्याभिलियन पठाएका थिए ।