• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लागू औषध मुद्दामा दोषी ठहर भएका लामालाई कैद भुक्तानका लागि पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरिरहेको छ । लामालाई बुधवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

ब्राउन सुगर मुद्दामा उनी फरार थिए । उनी उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भएका थिए ।