१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

तमानखोलाको ऐतिहासिक पञ्चायत घर जीर्णोद्वार

तमानखोलाको ऐतिहासिक पञ्चायत घर जीर्णोद्वार
अ अ+ अ-

गलकोट । बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा रहेको जीर्ण पञ्चायत घर गाउँपालिकाले संरक्षण थालेको छ ।

गाउँपालिकाले पञ्चायत घरलाई पुनर्निर्माण गरी पाहुना घर र पुस्तकालय बनाउने योजनाका साथ भवन जीर्णोद्वारा गरिरहेको छ । नेपालमा २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भए पनि पञ्चायती व्यवस्था सञ्चालन भएको तमान गाउँको पञ्चायत घर हालसम्म जीवित छ । उक्त ऐतिहासिक घरलाई गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेर जीर्णोद्वारको काम भइरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

इतिहासको संरक्षण गर्नका लागि पञ्चायतमा शासन चलाएको घरलाई संरक्षण गरिएको बताउनुभयो । उक्त घरलाई आन्तरिक पर्यटकलाई बस्ने र पुस्तकालय बनाउने उदेश्यअनुरुप पुनर्निर्माण गरिएको हो ।

“पञ्चायत ढले पनि घर ढलेको थिएन, गाउँपालिकाले ऐतिहासिक घरलाई संरक्षण गर्न थालेका छौँ, घर पुनर्निमाण गरेर मात्रै भएन, त्यसलाई प्रयोगमा ल्याउन पाहुना राख्ने घर बनाउने र तल्लो तलामा पुस्तकालय बनाउने गाउँपालिकाको योजना रहेको छ”, बुढाले भन्नुभयो, “निरकुंश पञ्चायती व्यवस्था ढलेर प्रजातन्त्रको पुन:बहाली भए पनि पञ्चायत भवन संरक्षित गर्न गाउँपालिकाले आवश्यक ठानेको छ ।”

पञ्चायती व्यवस्थाको झलकका रुपमा रहेको भवनलाई संरक्षण गरेर पर्यटकलाई चिनाउने योजना गाउँपालिकाको छ । पञ्चायतकालमा प्रधान उपप्रधानले यही भवनमा कार्यालय स्थापना गरेर काम गर्ने गरेकोको स्थानीय ललितबहादुर घर्तीमगरले बताउनुभयो ।

तमान गाउँमा रहेको पञ्चायत कार्यालयबाट वडा नं ५ खुङ्खानी, वडा नं ६ नर्जाखानी, वडा नं ४ लाम्मेला, वडा नं २ बोङ्गादोभानलगायतका स्थानका जनतालाई सेवा प्रदान गरिन्थ्यो । भवनलाई पुनर्निमाण गरी संरक्षण गनुपर्ने स्थानीयको मागलाई गाउँपालिकाले सम्बोधन गरेको भवन पुनर्निर्माण समितिका अध्यक्षसमेत रहनुभएका स्थानीय घर्तीमगरले जानकारी दिनुभयो ।

“यो भवन जीर्ण बनेको थियो, यसको संरक्षण र पुन:उपयोग गर्ने उद्देश्यले पुनर्निमाण गरिएको हो”, उहाँले भन्नुभयो, “भवनको पुनर्निर्माण गरिएसँगै गाउँमा हुने अन्य सामाजिक कामको लागि समेत सहयोग पुग्ने छ ।” भवन निर्माणको यकीन मिति नभए पनि पछिल्लो दशकदेखि भवन जीर्ण अवस्थामा रहेको थियो ।

पञ्चायत भवन साविक लुकुरवन, खुङ्गा, नर्जा, खुंखानी, तमान, लाममेला नागरिकले मिलेर निर्माण गरेका थिए । भवन पुनर्निर्माणको करिब ७५ प्रतिशत काम सम्पन्न भएको समितिका अध्यक्ष घर्तीमगरले बताउनुभयो । तमानखोला–३ का वडाध्यक्ष झकबहादुर बुढाले भवन सम्पन्न भएपछि केही समय वडा कार्यालय राखिने र पछि पुस्तकालय बनाइने छ ।

यहाँबाट गाउँमा केही बदमासी गर्ने, आपराधिक क्रियाकलाप गर्नेलाई सजायसमेत दिइन्थ्यो । तमान पञ्चायत क्षेत्रमा तत्कालीन अवस्थामा खप्रसाद बुढामगर लगायतले शासन गरेको स्थानीयको भनाइ छ । गाउँपालिकाले यसको इतिहास र को–को पञ्चायतले शासन गरे भन्नेबारे गाउँपालिकाले खोजी गरिरहेको छ । रासस