१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय बैठक आज बस्दैछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले अपराह्न ४ बजे बस्नेगरी बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त बैठकमा सहभागिताका लागि ‘जेनजी’ प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि बोलाइएको छ । यस्तै, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकारभएका पक्षसँग निरन्तर छलफल गर्दै आएको छ । निर्वाचनका लागि आयोगले कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।

पुराना तथा नयाँ दलहरूले निर्वाचन केन्द्रित गतिविधिअगाडि बढाइरहेका छन् ।