२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

डर्टमण्ड च्याम्पियन्स लिगको सेमिफाइनलमा, एट्लेटिको मड्रिड बाहिरियो



अ+ अ-

काठमाडौँ । जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ४–२ गोलले हराउँदै समग्रमा ६–४ को नतिजासहित डर्टमण्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन युलियन ब्रान्डट, इयन मास्टेन, निकलास फुल्कवर्ग र मार्सेल साविट्जरले एक–एक गोल गरे ।

एट्लेटिकोका एंगेल कोरियाले एक गोल फर्काए पनि टोलीलाई सेमिफाइनलको यात्रा तय गराउन सकेनन् । एक गोल भने डर्टमण्डका म्याट हमेल्सले आत्मघाती गोेल गरेका थिए ।

अब सेमिफाइनलमा डर्टमण्डले पिएसजीको सामना गर्नेछ । सेमिफाइनल खेल ३० अप्रिलमा हुनेछ ।




भर्खरै